२०८३ श्रावण ११
July 27, 2026, Monday

जलजला ४ भवानीपानीमा बन्यो हेलिप्याड

पर्वतको जलजला गाउँपालिका–४ भवानीपानीमा नेपाली सेनाले हेलिप्याड बनाएको छ ।
नयाँ रणभिम गुल्मको जनशक्ति व्यवस्थापन, वडा कार्यालयको समन्वय र स्थानीयबासीको सहकार्यमा निर्माण भएको हेलिप्याड शुक्रबार हस्तान्तरण गरिएको छ । विपद्, आपतकालिन अवस्था र आकस्मिक रुपमा उद्धार कार्यका लागि हेलिप्याड निर्माण गरिएको वडा अध्यक्ष भरत खत्रीले जानकारी दिनुभयो ।

१२ मिटर डायामिटर रहेको हेलिप्याडमा ठूला, मझौला र साना हेलिकप्टरहरु अवतरण गर्न सक्ने नेपाली सेनाले जनाएको छ । हेलिप्याडको नजिकै मल्लाज–लेकफाँट सडक रहेको छ ।

नेपाली सेनाको २३ नम्बर बाहिनी अड्डाका बाहिनी पति रहायक रथी रोशन खड्काले नागरिक सैनिक सहकार्य कार्यक्रम मार्फत हरेक वर्ष एक वटा युनिटले जोडी हेलिप्याड बनाउने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

Advertisement

Related News

जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
  • २०८३ श्रावण ११, सोमबार ०९:३३

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, ऋषिनचौतारी निवासी प्रकाश केसीले आफ्नो जन्मदिनको अवसर पारेर गलेश्वरस्थित श्री गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग प्रदान...

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

TOP