२०८३ जेष्ठ १२
May 26, 2026, Tuesday

बेनी बचतको अध्यक्षमा सञ्जय श्रेष्ठ

म्याग्दीको बेनी नगरपालिका–७ मा रहेको बेनी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा सञ्जयकुमार श्रेष्ठ चयन हुनुभएको छ ।

Advertisement

बेनीमा सोमबार सम्पन्न औ वार्षिक साधारणसभाबाट ४ वर्षे कार्यकालको लागि श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको हो । सञ्चालक समितिको उपाध्यक्षमा माधवप्रसाद रेग्मी, सचिवमा चन्द्रबहादुर घिमिरे, कोषाध्यक्षमा कमलप्रसाद श्रेष्ठ, सदस्यहरुमा यजनलाल श्रेष्ठ, ताराप्रसाद श्रेष्ठ, तुलसीलता श्रेष्ठ, तप्तबहादुर बि.क, निरञ्जना श्रेष्ठ, कुबिरकुमार श्रेष्ठ र सतिश श्रेष्ठ चयन हुनुभएको छ ।

Advertisement

शिवप्रसाद कटुवाल क्षेत्रीको संयोजकत्वमा एकेन्द्रबहादुर रावल सदस्य रहनुभएको लेखा सुपरिवेक्षण समिति चयन भएको छ । सञ्चालक समितिका अध्यक्ष रमेश गिरीको अध्यक्षतामा सम्पन्न साधारणसभाको जेष्ठ सेयर सदस्य बेनबहादुर शाहीले उद्घाटन गर्नुभएको थियो ।

साधारणसभाको अवसरमा सेयर सदस्यहरु हरिकुमार श्रेष्ठ, माधवप्रसाद रेग्मी, धनप्रसाद श्रेष्ठ र तमबहादुर थापालाई जेष्ठ नागरिक सम्मान प्रदान गरिएको थियो । अंगद श्रेष्ठ, अविरकुमार श्रेष्ठ, वेनबहादुर शाही, भेजबहादुर रावल, दलप्रसाद श्रेष्ठ र दुर्गाबहादुर श्रेष्ठलाई बेनी बचत आजिवन सहारा प्रदान गरिएको थियो ।

उत्कृष्ट कारोबारतर्फ संस्थागत तर्फ वेष्ट प्वाइन्ट मन्टेश्वरी र व्यक्तिगत तर्फ सुजाता श्रेष्ठ तथा उत्कृष्ट कर्मचारी अभिषेक केसीलाई पुरस्कृत गरिएको थियो । आर्थिक मन्दीले व्यवसायमा पारेको असरका साथै संस्थाबाट प्रदान गरिएको विभिन्न स्किम अन्तरगत गरी कर्जाको ब्याज तथा हर्जनामा रु. ११ लाख ५८ हजार ५२१ छुट गरिएको छ ।

विभिन्न शिर्षकमा रु. ३४ लाख ५८ हजार ९३० राजस्व तिरेको छ । कुल रु. एक अरब ६१ करोड ८९ लाख आठ हजार २२० को कारोबार गरेको सहकारीले गत आर्थिक वर्षमा रु. ९२ लाख ४३ हजार ९९७ खुद मुनाफा आर्जन गरेको जनाएको छ ।

गत आर्थिक वर्षमा रु. ५० करोड ९६ लाख ४६ हजार ५० सम्पत्ति रहेको सहकारीले आर्थिक वर्ष २०८०÷०८१ सम्म रु. ५७ करोड ५० लाख पु¥याउने लक्ष्य राखेको छ । गत आर्थिक वर्षमा रु. ३९ करोड नौ लाख ३२ हजार ४९ निक्षेप संकलन र रु. ३९ करोड पचास लाख ९५ हजार १७० ऋण लगानी गरेको छ ।

गत आर्थिक वर्षमा रु. तीन करोड ७३ लाख ६४ हजार छ सय सेयर रकम रहेकोमा चालु आर्थिक वर्षको अन्तमा रु. तीन करोड असी लाख पु¥याउने लक्ष्य राखेको छ । सामाजिक उत्तरदायित्व अन्तरगत ७० वर्ष भन्दा कम उमेरका सेयर सदस्यहरुलाई स्वास्थ्य विमाको व्यवस्था मिलाएको छ । राष्ट्रिय सहकारी बैंकको (केयर) र कोपोमिस सफ्टवेयर प्रयोगमा ल्याएको सहकारीले आर्थिक कारोबार र सेवालाई प्रबिधिमैत्री बनाएको छ ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०८० आश्विन ३०, मंगलवार १२:५८

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०८० आश्विन ३०, मंगलवार १२:५८

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०८० आश्विन ३०, मंगलवार १२:५८

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP