२०८३ भाद्र १०
August 26, 2026, Wednesday

बेनीमा करदाता शिक्षा सम्बन्धी अन्तरक्रिया

‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’ भन्ने मूल नारासहित आज (सोमबार) म्याग्दीको सदरमुकाम बेनीमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय कर दिवस–२०८० को अवसरमा बेनी नगरपालिकाको आयोजना, आन्तरिक राजश्व कार्यालय बागलुङको समन्वय र म्याग्दी उद्योग वाणिज्य संघको व्यवस्थापनमा कार्यक्रम गरिएको हो ।

Advertisement

कार्यक्रमको उद्घाटनपछि सम्बोधन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले नगरपालिकामार्फत ग्रामीण भेगका किसानहरुले उत्पादन गरेको कृषि उत्पादनलाई बिहान १० बजेसम्म डोकाबाटै बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको बताउनुभयो ।

उहाँले व्यवसायीहरु स्वयंले स्वतस्फूर्त रुपमा कर तिर्नुपर्ने र यसका लागि सम्बन्धित निकायले वातावरण निर्माणका लागि आवश्यक सहजीकरण गर्नुपर्ने बताउँदै बेनी नगरपालिकाबाट घरबहाल कर उठाउन यसअघि बनाएको कानुन परिवर्तन गरेर नयाँ दररेट कायम गरिएको जानकारी दिनुभयो ।

सोही कार्यक्रममा बोल्दै आन्तरिक राजश्व कार्यालय बागलुङका प्रमुख कर अधिकृत शालिग्राम आचार्यले व्यवसायीहरु जुन व्यवसायमा दर्ता भएको हो, त्यसैको मात्रै कारोबार गर्नुपर्ने बताउनुभयो । उहाँले ५० लाख रुपैयाँभन्दा तलको कारोबार प्यान र ५० लाखभन्दा माथिको कारोबार भ्याटमार्फत गर्नुपर्ने बताउँदै व्यावसायिक प्रयोजनका लागि बिलबिजक बिना सामानको खरिद र बिक्री गर्न नहुनमा जोड दिनुभयो । सामान खरिद गर्ने क्रममा बिलबिजक नभएको अवस्थामा भरपाई बनाएर आर्थिक कारोबार गर्नुपर्ने बताउँदै उहाँले बिचौलियाले सामान खरिदसँगै बजारको पनि खोजी गरिदिने धारणा व्यक्त गर्नुभयो ।

म्याग्दी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा सहभागी उद्योगी, व्यवसायी तथा निर्माण व्यवसायीहरुले प्यान, भ्याट, अन्तःशुल्क तथा कारोबार, मिसम्याच र कर तिर्ने समयमा झेल्नुपरेका समस्याहरुको बारेमा जानकारी गराएका थिए । व्यवसायीहरुले उठाएको गुनासो तथा जिज्ञासाको विषयमा प्रमुख कर अधिकृत आचार्यले जवाफ दिनुभएको थियो ।


कार्यक्रममा आन्तरिक राजश्व कार्यालय बागलुङका कर अधिकृत मोहनप्रसाद आचार्यले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालको अध्यक्षता र स्वागत, महासचिव अमित बानियाँको सञ्चालन र वरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठको धन्यवाद मन्तव्यमा सम्पन्न भएको थियो ।

Related News

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

ज्ञानोदय माविमा म्याग्दी जेसीजद्धारा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न
ज्ञानोदय माविमा म्याग्दी जेसीजद्धारा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न
  • २०८३ भाद्र २, मंगलवार ००:५४

रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा विद्यार्थी र शिक्षकहरुका लागि उद्घोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ । युवाहरुको...

TOP