२०८३ बैशाख १९
May 2, 2026, Saturday

मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन भएको छ । रघुगंगा गाउँपालिकाको सहयोगमा मौवाफाँट सामुदायिक सिकाई केन्द्रको आयोजनामा शिपमुलक तालिम अन्तरगत मुडा बुनाई तामिल सञ्चालन गरिएको हो ।

तालिममा २५ जनाले सहभागीता जनाएका छन् । एक सातासम्म सञ्चालन हुने तालिममा नेत्रलाल गोतामेले मुडा बुन्ने व्यवहारिक तालिम दिनुहुने भएको छ । तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले गाउँमा रहेका स्रोत र साधनको उपयोग गरि उद्यमशिल बन्न मुडा बुन्ने तालिम उपयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले गाउँमा खेर गएको बाँसलाई उपयोग गरि घरायसी प्रयोजनको लागि प्रयोग हुने मुडाको व्यवसायिक उत्पादन गर्न सकेमा यसले उद्यमी र उद्यमशिलताको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

 सिकाई केन्द्र मार्फत विगतमा समेत विभिन्न लघुउद्यम सम्वन्धी तालिमहरु प्रदान गरिँदै आएको र यस पटक फुर्सदको समय र गाउँमा उपलब्ध हुने बाँसको उपयोगबाट उद्यमी बन्नतर्फ प्रेरित गर्ने उदेश्यले मुडा बुन्न तालिम आयोजना गरिएको सामुदायिक सिकाई केन्द्रका अध्यक्ष मुक्तिनाथ सुवेदीले बताउनुभयो । सिकाई केन्द्रका परिचालिका दुर्गादेवी भण्डारीको स्वागत र ज्ञानोदय माविका प्रधानध्यापक बिजय शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडा सदस्य जयन्ती मल्ल भण्डारीले समेत मन्तव्य राख्नुभएको थियो ।

Advertisement

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०८० मंसिर १५, शुक्रबार ००:१४

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०८० मंसिर १५, शुक्रबार ००:१४

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०८० मंसिर १५, शुक्रबार ००:१४

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP