२०८३ श्रावण १३
July 29, 2026, Wednesday

बेनी नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

म्याग्दी सदरमुकाम बेनीमा बेनी नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । विद्यालय तहमा रहेका खेल प्रतिभाको पहिचान र प्रवद्र्धन गर्न आयोजित प्रतियोगितामा बेनी नगरपालिकाभित्रका विभिन्न २५ विद्यालयले सहभागीता जनाएका छन् ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल, मार्सलआर्ट, एथलेटिक्स र कबड्डी विद्याका विभिन्न ३७८ इभेन्टमा विद्यार्थीहरुबिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा बिजेतालाई नगद रु ५१ हजारको साथमा रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्धार पुरस्कृत गरिने नगरपालिकाका सामाजिक विकास समितिका संयोजक एवम् प्रतियोगिताका संयोजक चक्र केसीले जानकारी दिनुभयो ।
प्रतियोगितामा दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमश ः नगद रु ४० हजार र ३० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धार पुरस्कृत गरिनेछ । प्रतियोगितामा समावेश छात्र भबिलल खेलमा १० र छात्रा भलिबल खेलमा ४ विद्यालयले सहभागीता जनाएका छन् । कबड्डी खेलमा छात्र र छात्रा तर्फ ६÷६ विद्यालय सहभागी रहेको नगरपालिकाले जनाएको छ ।


त्यसैगरि एथलेटिक्सतर्फ २५र कँरातेमा ४ विद्यालयले सहभागीता जनाएका छन् । तेक्वान्दो खेलमा छात्रतर्फ १०र छात्रा ४ विद्यालय , उस्सु खेतमा छात्रातर्फ ५ र छात्रतर्फ ४ विद्यालयले सहभागीता जनाएका छन् । यस बर्ष नगरपालिकाले प्रतियोगिता सञ्चालन अघि नै प्रधानध्यापकहरुको बैठकमार्फत न्यूनतम पाँच विद्यालय सहभागिता नरहेको खेलको अंक उपाधिको अंकतालिकामा गणना नगर्ने निर्णय गरे बमोजिम प्रतियोगिता सञ्चालन गराउन सुरु गरिएको प्रतियोगिताका संयोजक केसीले बताउनुभयो ।
प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य खमबहादुर गर्वुजाले खेलकुदले विद्यार्थीहरुमा प्रतिस्पर्धी क्षमताको विकास गराउनुको साथै लुकेर रहेको खेल प्रतिभाको पहिचान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले बेनीको खुलामञ्चलाई स्तरीय रंगशालाको रुपमा विकास गर्न तीन तहकै सरकारबिचमा सहकार्य गरि प्राथमिकतामा राख्न आफ्नोतर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा संविधासभा सदस्य नवराज शर्मा र गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले हरेक बर्ष आयोजना हुने विद्यालय स्तरका प्रतियोगिताहरुले खेलाडीहरुको प्रतिभा पहिचान गरि क्षेत्रिय र राष्ट्रिय स्तरमा पु¥याउन सहयोगी भूमिका खेलेकामा जोड दिनुभयो ।
नगरपालिकाका मेयर सुरत केसीले तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितालाई व्यवस्थित बनाउन आबश्यक तयारीका साथ खेलकुद प्रतियोगिता सञ्चालन हुने जानकारी दिनुभयो । उहाँले प्रतियोगितामा धेरै भन्दा धेरै विद्यालयलाई सहभागी गराउने गरि नगरपालिकाले प्रतियोगिता सञ्चालन गराउने प्रयास गरेको बताउनुभयो । नगरपालिकाका उपमेयर ज्योति लामिछानेले खेलकुद गतिविधिमा भलिबल तर्फ छात्रहरुको तुलनामा छात्राहरुमा न्यून विद्यालयले सहभागीता जनाएको बताउँदै विद्यालयहरुले छात्र र छात्राहरुलाई समान अवसर दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले खेलकुद प्रतियोगिताले खेल क्षमताको पहिचान र विद्यार्थीहरुलाई अनुसासीत बनाउन सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो ।

Advertisement

Related News

जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
  • २०८३ श्रावण ११, सोमबार ०९:३३

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, ऋषिनचौतारी निवासी प्रकाश केसीले आफ्नो जन्मदिनको अवसर पारेर गलेश्वरस्थित श्री गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग प्रदान...

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

TOP