Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन २४
October 10, 2026, Saturday

अमित र विकासको ‘मनकी रानी’ सार्वजनिक (भिडियो सहित)

म्याग्दीका लोक गायक अमित विश्वकर्मा र विकास अनुरागीको पन्चेबाजाको गीत ‘मनकी रानी’ बेनी बजारमा÷गुल्मी बजारमा सार्वजनिक भएको छ । अमित विश्वकर्मा र लोकप्रीय गायीका सुनिता बुढा क्षेत्रीको आवाजमा रहेको गीतमा विकास अनुरागी विश्वकर्माको लय र गायक विश्वकर्माको शव्द सृजना रहेको छ ।

Advertisement

भिडियो

Advertisement

Manki Rani Gulmi Bazarma || Amit Bishwokarma & Sunita Budha Chhetri Ft.Deep & Juna | Panchebaja Song (youtube.com)

गीतको म्युजिक भिडियो अमित विश्वकर्मा युटुव च्यानलबाट सार्वजनिक गरिएको हो । राग स्टुडियोमा रेकर्ड गरिएको गीतको एरेन्ज आशिष अविरलले गर्नुभएको हो । दिप सागर र जुना गुरुङको आकर्षक अभिनय रहेको म्युजिक भिडियोको छायाँकन तथा निर्देशन दुर्गा पौडेलले गर्नुभएको हो ।

मंगला गाउँपालिका ३ बरंजा, खानीगाउँ घाम्ताङमा छायाँङ्कन गरिएको गीतको म्युजिक भिडियोमा बरंजाको ऐतिहासिक पर्यटकीय स्थल चिनाकोत धुरी (बाइसे, चौविसे राजाको दरबारका भग्नावशेष रहेको ठाउँ) लाई समेत समावेश गरिएको छ । गुल्मी र बेनी बजारका मायालु जोडिको प्रेमका भावहरुलाई गीतमा व्यक्त गरिएको छ । मौलिकता र आफ्नो पनलाई गीतमा प्रस्तुत गरिएको गायक तथा सर्जक विश्वकर्माले बताउनुभयो ।

Manki Rani Gulmi Bazarma || Amit Bishwokarma & Sunita Budha Chhetri Ft.Deep & Juna | Panchebaja Song (youtube.com)

चिनाकोटको प्रचार प्रसारमा सहयोग पुगोस भनेर चिनाकोट धुरीमै पुगेर छायाँङ्कन गरिएको गायक विश्वकर्माको भनाई छ । गीतको भिडियोमा गायक तथा मोडल ध्रुव जिसी, गायक रवि कार्की, विजुन केसी, भलिबल प्रशिक्षक तेजेन्द्र वानियाँ, सर्जक कलाधर कँडेल, गोकुल विश्वकर्मा, गायक जीवन कार्की लगायतलाई पनि देख्न सकिन्छ ।

हाल जापानमा रहनुभएका विकास अनुरागीले यसअघि लेकमा गोवान लोक दोहोरी गीत प्रस्तुत गरिसक्नुभएको छ । झन्डै डेढ दशकको समयमा लोक संगीतका विताउनुभएका गायक तथा संचारकर्मी अमित विश्वकर्माका ठाउँ छ मनै खानी, पुग्नै पर्ने ठाउँ, हेर्छु डाँडैबाट, डाँडापारी मायाको गाउँछ, बैश छदा भएन पैसानी, रोईहिन्छु सधैभरि म लगायतका गीतहरु सार्जनिक भएका छन ।

Related News

पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
  • २०८३ आश्विन २०, मंगलवार १०:२५

म्याग्दीका पत्रकार विनोद धौलागिरि, प्रमोद शर्मा र अर्जुनप्रसाद दहालद्वारा लिखित पाँच पुस्तक  सार्वजनिक भएका छन् । सेफर्ड कलेज काठमाण्डौमा आयोजित...

म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
  • २०८३ आश्विन १२, सोमबार १५:३६

असोज ८ गते शुक्रबार बेलुकादेखि ११ गते दिउँसेसम्म परेको अविरल वर्षापछि अएके बाढी र पहिरोमा परी विभिन्न स्थानमा गरी ७...

बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
  • २०८३ आश्विन १२, सोमबार १५:१८

बाढीपहिरोका कारण बागलुङका विभिन्न स्थानीय तहमा ५९ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ४४ घरमा आंशिक क्षति पुगेको छ...

TOP