२०८२ जेष्ठ ३१
June 13, 2025, Friday

अमित र विकासको ‘मनकी रानी’ सार्वजनिक (भिडियो सहित)

म्याग्दीका लोक गायक अमित विश्वकर्मा र विकास अनुरागीको पन्चेबाजाको गीत ‘मनकी रानी’ बेनी बजारमा÷गुल्मी बजारमा सार्वजनिक भएको छ । अमित विश्वकर्मा र लोकप्रीय गायीका सुनिता बुढा क्षेत्रीको आवाजमा रहेको गीतमा विकास अनुरागी विश्वकर्माको लय र गायक विश्वकर्माको शव्द सृजना रहेको छ ।

Advertisement

भिडियो

Advertisement

Manki Rani Gulmi Bazarma || Amit Bishwokarma & Sunita Budha Chhetri Ft.Deep & Juna | Panchebaja Song (youtube.com)

गीतको म्युजिक भिडियो अमित विश्वकर्मा युटुव च्यानलबाट सार्वजनिक गरिएको हो । राग स्टुडियोमा रेकर्ड गरिएको गीतको एरेन्ज आशिष अविरलले गर्नुभएको हो । दिप सागर र जुना गुरुङको आकर्षक अभिनय रहेको म्युजिक भिडियोको छायाँकन तथा निर्देशन दुर्गा पौडेलले गर्नुभएको हो ।

मंगला गाउँपालिका ३ बरंजा, खानीगाउँ घाम्ताङमा छायाँङ्कन गरिएको गीतको म्युजिक भिडियोमा बरंजाको ऐतिहासिक पर्यटकीय स्थल चिनाकोत धुरी (बाइसे, चौविसे राजाको दरबारका भग्नावशेष रहेको ठाउँ) लाई समेत समावेश गरिएको छ । गुल्मी र बेनी बजारका मायालु जोडिको प्रेमका भावहरुलाई गीतमा व्यक्त गरिएको छ । मौलिकता र आफ्नो पनलाई गीतमा प्रस्तुत गरिएको गायक तथा सर्जक विश्वकर्माले बताउनुभयो ।

Manki Rani Gulmi Bazarma || Amit Bishwokarma & Sunita Budha Chhetri Ft.Deep & Juna | Panchebaja Song (youtube.com)

चिनाकोटको प्रचार प्रसारमा सहयोग पुगोस भनेर चिनाकोट धुरीमै पुगेर छायाँङ्कन गरिएको गायक विश्वकर्माको भनाई छ । गीतको भिडियोमा गायक तथा मोडल ध्रुव जिसी, गायक रवि कार्की, विजुन केसी, भलिबल प्रशिक्षक तेजेन्द्र वानियाँ, सर्जक कलाधर कँडेल, गोकुल विश्वकर्मा, गायक जीवन कार्की लगायतलाई पनि देख्न सकिन्छ ।

हाल जापानमा रहनुभएका विकास अनुरागीले यसअघि लेकमा गोवान लोक दोहोरी गीत प्रस्तुत गरिसक्नुभएको छ । झन्डै डेढ दशकको समयमा लोक संगीतका विताउनुभएका गायक तथा संचारकर्मी अमित विश्वकर्माका ठाउँ छ मनै खानी, पुग्नै पर्ने ठाउँ, हेर्छु डाँडैबाट, डाँडापारी मायाको गाउँछ, बैश छदा भएन पैसानी, रोईहिन्छु सधैभरि म लगायतका गीतहरु सार्जनिक भएका छन ।

Related News

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
  • २०८० मंसिर २९, शुक्रबार १४:०१

६ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको प्रतियोगितामा कास्की प्रथम र म्याग्दी दोस्रो भएको छ । सोमबार र मंगलबार गोरखामा...

म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
  • २०८० मंसिर २९, शुक्रबार १४:०१

आगामी आर्थिक वर्ष २०८२÷०८३ मा म्याग्दी जिल्लामा सञ्चालन हुने आयोजनाहरुका लागि संघीय सरकार मार्फत झण्डै बजेट बिनियोजन भएको छ ।...

अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
  • २०८० मंसिर २९, शुक्रबार १४:०१

म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा निर्माणधिन (५३.५ मेगावाट) मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको पावर हाउन तर्फबाट पनि सुरुङ निर्माण कार्य...

TOP