२०८३ भाद्र १०
August 26, 2026, Wednesday

रघुगंगा : राष्ट्रपति रनिङ शिल्डको उपाधि रघुगंगा माविलाई

म्याग्दीको रघुगंगा गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि रघुगंगा माध्यमिक विद्यालयले पिप्लेले हात पारेको छ । वडा नम्बर ५ झिँमा मंगलवार सम्पन्न प्रतियोगितामा १२ स्वर्ण र ४ कास्यपदक सहित रघुगंगाले उपाधी जितको हो ।

Advertisement

 यसअघिका तीन वटै बर्षका प्रतियोगितामा समेत बिजेता बनेर रनिङ शिल्ड पच गराएको रघुगंगा माविले उपाधीमा रेकर्ड नै बनाएको छ । प्रतियोगितामा ७ स्वर्ण, ४ रजत र ६ कास्य पदक सहित मुक्तिधाम मावि द्धितिय र ३ स्वर्ण, ५ रजत र ५ कास्य पदक सहित अमर मावि पाखापानी तृतीय हुन सफल भएका छन् ।

प्रतियोगितामा भलिबलको छात्रतर्फ मुक्तिधामका रमित भण्डारी र छात्रा तर्फ जनता मावि दग्नामका नेहा शेरपुञ्जा तथा एथलेटिक्स्तर्फ छात्रमा मुक्तिधामका युवराज कार्की र छात्रामा रघुगंगा माविका सविना विक उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

प्रतियोगितामा बिजेता विद्यालयलाई नगद रु ५० हजारको साथमा रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ । दोस्रो र तेस्रो हुने विद्यालय क्रमश नगद रु ३० हजार र २० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धार पुरस्कृत भएका छन् ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, उपाध्यक्ष प्रेमकुमारी पुन, वडा नम्बर २ का अध्यक्ष अमृत भण्डारी , ३ का अध्यक्ष खिमबहादुर शाही, ५ का अध्यक्ष मनबहादुर शेरमञ्जा, शिक्षा अधिकृत कृष्णप्रसाद सुवेदी लगायतले विद्यार्थी खेलाडीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो । गाउँपालिकाभित्रका विभिन्न ११ वटा विद्यालयले सहभागीता जनाएको प्रतियोगितामा भलिबल र एथलेटिक्स विद्यातर्फ छात्र र छात्राहरुको १३÷१३ इभेन्टमा प्रतियोगिता सञ्चालन गरिएको थियो ।

Related News

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

ज्ञानोदय माविमा म्याग्दी जेसीजद्धारा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न
ज्ञानोदय माविमा म्याग्दी जेसीजद्धारा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न
  • २०८३ भाद्र २, मंगलवार ००:५४

रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा विद्यार्थी र शिक्षकहरुका लागि उद्घोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ । युवाहरुको...

TOP