२०८२ असार २
June 16, 2025, Monday

रघुगंगा : राष्ट्रपति रनिङ शिल्डको उपाधि रघुगंगा माविलाई

म्याग्दीको रघुगंगा गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि रघुगंगा माध्यमिक विद्यालयले पिप्लेले हात पारेको छ । वडा नम्बर ५ झिँमा मंगलवार सम्पन्न प्रतियोगितामा १२ स्वर्ण र ४ कास्यपदक सहित रघुगंगाले उपाधी जितको हो ।

Advertisement

 यसअघिका तीन वटै बर्षका प्रतियोगितामा समेत बिजेता बनेर रनिङ शिल्ड पच गराएको रघुगंगा माविले उपाधीमा रेकर्ड नै बनाएको छ । प्रतियोगितामा ७ स्वर्ण, ४ रजत र ६ कास्य पदक सहित मुक्तिधाम मावि द्धितिय र ३ स्वर्ण, ५ रजत र ५ कास्य पदक सहित अमर मावि पाखापानी तृतीय हुन सफल भएका छन् ।

Advertisement

प्रतियोगितामा भलिबलको छात्रतर्फ मुक्तिधामका रमित भण्डारी र छात्रा तर्फ जनता मावि दग्नामका नेहा शेरपुञ्जा तथा एथलेटिक्स्तर्फ छात्रमा मुक्तिधामका युवराज कार्की र छात्रामा रघुगंगा माविका सविना विक उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

प्रतियोगितामा बिजेता विद्यालयलाई नगद रु ५० हजारको साथमा रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ । दोस्रो र तेस्रो हुने विद्यालय क्रमश नगद रु ३० हजार र २० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धार पुरस्कृत भएका छन् ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, उपाध्यक्ष प्रेमकुमारी पुन, वडा नम्बर २ का अध्यक्ष अमृत भण्डारी , ३ का अध्यक्ष खिमबहादुर शाही, ५ का अध्यक्ष मनबहादुर शेरमञ्जा, शिक्षा अधिकृत कृष्णप्रसाद सुवेदी लगायतले विद्यार्थी खेलाडीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो । गाउँपालिकाभित्रका विभिन्न ११ वटा विद्यालयले सहभागीता जनाएको प्रतियोगितामा भलिबल र एथलेटिक्स विद्यातर्फ छात्र र छात्राहरुको १३÷१३ इभेन्टमा प्रतियोगिता सञ्चालन गरिएको थियो ।

Related News

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
  • २०८० पुष ३, मंगलवार १४:२९

६ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको प्रतियोगितामा कास्की प्रथम र म्याग्दी दोस्रो भएको छ । सोमबार र मंगलबार गोरखामा...

म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
  • २०८० पुष ३, मंगलवार १४:२९

आगामी आर्थिक वर्ष २०८२÷०८३ मा म्याग्दी जिल्लामा सञ्चालन हुने आयोजनाहरुका लागि संघीय सरकार मार्फत झण्डै बजेट बिनियोजन भएको छ ।...

अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
  • २०८० पुष ३, मंगलवार १४:२९

म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा निर्माणधिन (५३.५ मेगावाट) मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको पावर हाउन तर्फबाट पनि सुरुङ निर्माण कार्य...

TOP