२०८३ भाद्र ९
August 25, 2026, Tuesday

नेपाली कांग्रेस म्याग्दीबाट राष्ट्रिय सभाका लागि ३ जनाको नाम पठाइयो

नेपाली कांग्रेस म्याग्दीले राष्ट्रिय सभाका लागि म्याग्दीबाट ३ जनाको नाम पठाएको छ । आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले अन्यबाट माधबप्रसाद रेग्मी, अपाङ्क तर्फबाट सुरेन्द्र खत्री, महिलाबाट बिना खड्काको नाम केन्द्रमा पठाएको नेपाली कांग्रेस म्याग्दीका सचिव भरत बहादुर रकालले जानकारी दिनुभयो ।

म्याग्दीबाट पठाइएको नाममा प्रदेश तथा केन्द्रीय समितिमा समेत उम्मेदवार बनाउन समेत आवश्यक दवाव समेत दिने कांग्रेसले जनाएको छ । पार्टीलाई जटिल समयमा पनि सक्रिय भएर र लामो राजनीतिक जीवन बिताएका रेग्मी र खड्काका साथै अपाङ्ताको क्षेत्रमा खत्रीको समेत योगदान रहेकाले राष्ट्रिय सभा सदस्यका लागि योग्य रहेको कांग्रेसले जनाएको छ । कार्यसम्पादन समितिमा कार्यबाहक सभापति हरिकुमार श्रेष्ठ,उपसभापति केबी भण्डारी, पूर्व सभापति रेशम बानियाँ, सचिव भरत रकालकोषाध्यक्ष अमृतमान शेरचन, सदस्य लिला बानियाँ लगायतको उपस्थिीति रहेको थियो ।

Advertisement

Related News

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

ज्ञानोदय माविमा म्याग्दी जेसीजद्धारा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न
ज्ञानोदय माविमा म्याग्दी जेसीजद्धारा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न
  • २०८३ भाद्र २, मंगलवार ००:५४

रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा विद्यार्थी र शिक्षकहरुका लागि उद्घोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ । युवाहरुको...

TOP