२०८३ असार ६
June 20, 2026, Saturday

दिदीबहिनी सहकारीले स्थापना दिवसको अवसरमा बिरामीलाई फलफुल र विपन्नलाई सहयोग

महिलाहरुको आफ्नै व्यवस्थापनमा म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले बुधबार १२ औं स्थापना दिवसको अवसरमा सहयोग तथा बिरामीलाई फलफुल वितरण गरी मनाएको छ ।

स्थापनाको अवसरमा बेनी अस्पतालमा रहेका १९ जना बिरामीलाई फलफुल र बिपन्नलाई मुठ्ठीदान कार्यक्रम गरी सहकारीले स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा क्यान्सर पीडित बेनपा ६ की रामकुमारी बानियाँलाई ५ हजार ५५५ तथा आर्थिक अवस्था कमजार भएका अन्यलाई तीन जनालाई मुठ्ठीदान कार्यक्रम अन्तरगत सहयोग गरिएको छ ।

Advertisement

सहकारीकी अध्यक्ष विष्णु गौतम सापकोटाले सहकारीले चारदिनसम्म सेयर सदस्य भेटघाट, वित्तिय गतिविधि, सहयोग सहित विभिन्न स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाएको बताउनुभयो । सहकारीले स्थापना दिवस बाहेक पनि महिला हिंसामा परेका, अलपत्र, विपन्नको उपचार तथा खाद्यान्न सहयोग सहित विभिन्न रचनात्मक कार्यहरु गर्ने गरेको बताउनुभयो ।

वित्तिय कारोबार बाहेक समुदायस्तरमा हुने हरेक रचनात्मक अभियानमा सहकारीले सक्रियतापूर्वक साथ दिने गरेको छ । फलफुल तथा खाद्यान्न वितरण कार्यक्रममा सहकारीकी पूर्व अध्यक्ष जमुना आचार्यले सहकारीको स्थापना तथा हालसम्म भएका गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो । स्थापना दिवसको अध्यक्षता सहकारीकी अध्यक्ष विष्णु गौतम सापकोटा, स्वागत उपाध्यक्ष सुगम श्रेष्ठ र सञ्चालन सचिव जगतकुमारी खत्रीले गर्नुभएको थियो ।

‘महिला वर्गको समृद्धि, सशक्तिकरण र आर्थिक उन्नति’ भन्ने मूल नारासहित स्थापित सहकारीमार्फत सञ्चालित सहकारीले स्थापनाकालदेखि नै मुठ्ठीदान अभियान सञ्चालन गरेर त्यसबाट विभिन्न व्यक्ति तथा संस्थालाई आर्थिक र जिन्सी सहयोग गर्दै आइरहेको जनाएको छ ।

Related News

पर्यटनले भरिपूर्ण अन्नपूर्ण : पूर्वाधार विकाससँगै उज्यालिँदै पर्यटकीय गन्तव्य
पर्यटनले भरिपूर्ण अन्नपूर्ण : पूर्वाधार विकाससँगै उज्यालिँदै पर्यटकीय गन्तव्य
  • २०८३ असार ६, शनिबार ०७:१०

राकेश शर्मा, म्याग्दी । अन्नपूर्ण प्रथम हिमाल अवस्थित रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका पर्यटन, जलस्रोत, कृषि र पशुपालनमा सम्भावनायुक्त छ ।...

कक्षा १२ को नतिजा :  अप्सरा थापाले ल्याइन ३.८६ जिपिए
कक्षा १२ को नतिजा : अप्सरा थापाले ल्याइन ३.८६ जिपिए
  • २०८३ असार ५, शुक्रबार १६:१९

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको कक्षा १२ को नतिजामा म्याग्दीको न्यू वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालय बेनीकी अप्सरा थापाले...

सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
  • २०८३ असार ३, बुधबार १२:२६

सरसफाई र सौन्दर्यकरणमा स्थानीयको साथ राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका भौगोलिक हिसाबले दुर्गम र विकट मानिने यस गाउँपालिकाका अधिकांश गाउँबस्तीमा...

TOP