२०८१ चैत्र ३
March 16, 2025, Sunday

दिदीबहिनी सहकारीले स्थापना दिवसको अवसरमा बिरामीलाई फलफुल र विपन्नलाई सहयोग

महिलाहरुको आफ्नै व्यवस्थापनमा म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले बुधबार १२ औं स्थापना दिवसको अवसरमा सहयोग तथा बिरामीलाई फलफुल वितरण गरी मनाएको छ ।

Advertisement

स्थापनाको अवसरमा बेनी अस्पतालमा रहेका १९ जना बिरामीलाई फलफुल र बिपन्नलाई मुठ्ठीदान कार्यक्रम गरी सहकारीले स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा क्यान्सर पीडित बेनपा ६ की रामकुमारी बानियाँलाई ५ हजार ५५५ तथा आर्थिक अवस्था कमजार भएका अन्यलाई तीन जनालाई मुठ्ठीदान कार्यक्रम अन्तरगत सहयोग गरिएको छ ।

सहकारीकी अध्यक्ष विष्णु गौतम सापकोटाले सहकारीले चारदिनसम्म सेयर सदस्य भेटघाट, वित्तिय गतिविधि, सहयोग सहित विभिन्न स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाएको बताउनुभयो । सहकारीले स्थापना दिवस बाहेक पनि महिला हिंसामा परेका, अलपत्र, विपन्नको उपचार तथा खाद्यान्न सहयोग सहित विभिन्न रचनात्मक कार्यहरु गर्ने गरेको बताउनुभयो ।

वित्तिय कारोबार बाहेक समुदायस्तरमा हुने हरेक रचनात्मक अभियानमा सहकारीले सक्रियतापूर्वक साथ दिने गरेको छ । फलफुल तथा खाद्यान्न वितरण कार्यक्रममा सहकारीकी पूर्व अध्यक्ष जमुना आचार्यले सहकारीको स्थापना तथा हालसम्म भएका गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो । स्थापना दिवसको अध्यक्षता सहकारीकी अध्यक्ष विष्णु गौतम सापकोटा, स्वागत उपाध्यक्ष सुगम श्रेष्ठ र सञ्चालन सचिव जगतकुमारी खत्रीले गर्नुभएको थियो ।

‘महिला वर्गको समृद्धि, सशक्तिकरण र आर्थिक उन्नति’ भन्ने मूल नारासहित स्थापित सहकारीमार्फत सञ्चालित सहकारीले स्थापनाकालदेखि नै मुठ्ठीदान अभियान सञ्चालन गरेर त्यसबाट विभिन्न व्यक्ति तथा संस्थालाई आर्थिक र जिन्सी सहयोग गर्दै आइरहेको जनाएको छ ।

Related News

बेनीमा थकाली समुदायको ‘तोरन्ल पर्व’ सुरु
बेनीमा थकाली समुदायको ‘तोरन्ल पर्व’ सुरु
  • २०८० माघ २४, बुधबार १६:०३

म्याग्दीमा बसोबास गर्दै आइरहेका थकाली समुदायले बुधबारदेखि तोरन्ल पर्व अर्थात् यस वर्षको ९फागु पूर्णिमा० मनाउन सुरु भएको छ । थकाली...

बेनी नगरपालिकाको सार्वजनिक सुनाई, स्थानीयले पोखे गुनासा
बेनी नगरपालिकाको सार्वजनिक सुनाई, स्थानीयले पोखे गुनासा
  • २०८० माघ २४, बुधबार १६:०३

अमित विश्वकर्माम्याग्दीको बेनी नगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ को दोस्रो चौमासिक समिक्षा तथा सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । बुधवार वडा...

केबि एकेडेमीका विद्यार्थीले आयोजना गरे प्रथम फुड मेला
केबि एकेडेमीका विद्यार्थीले आयोजना गरे प्रथम फुड मेला
  • २०८० माघ २४, बुधबार १६:०३

म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङ्कमा संचालनमा रहेको केबि एकेडेमीका विद्यार्थीले विभिन्न परिकारका सहित प्रथम केबि ए फुट मेला संचालन गरेका छन्...

TOP