२०८३ असार ६
June 20, 2026, Saturday

बालगृहका बालबालिकाको औषधि व्यवसायी संघ म्याग्दीद्धारा स्वास्थ्य परीक्षण

नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा म्याग्दीले नेपाल बाल संगठन म्याग्दीमा रहेका बालबालिकाहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । औषधि व्यवसायी गण्डकी प्रदेश चौथो स्थापना दिवसको उपलक्ष्यमा बालगृहमा रहेका बालबालिकालाई स्वास्थ्य परीक्षणसँगै औषधि बितरण तथा आवश्यक खाद्यन्न सहयोग गरिएको जिल्ला शाखा अध्यक्ष शम्भुराज पाण्डेले बताउनुभयो ।

बालगृहमा रहेका ९ जना बालबालिकाहरुको बेनी अस्पतालकी डा।बिद्या बानियाँले चेकजाँच,हे।अ। रोस्नी भण्डारीले अन्य प्राबिधिक सहयोग गरेको संघले जनाएको छ ।

Advertisement

उक्त अवसरमा बालबालिकालाई स्वास्थ्य सम्बन्धि अन्य सचेतनामुलक जानकारी समेत गराइएको थियो । कार्यक्रममा औषधि व्यवसायी संघका कोषाध्यक्ष कुमार बानियाँ, सदस्यद्वय केशबराज ढकाल र बिजय अधिकारीको उपस्थिती रहेको थियो ।

अभिभावक विहिन बालबालिकालाई आगामी दिनमा समेत स्वास्थ्य सहित विभिन्न सहयोग गर्ने संघले जनाएको छ । यता बालबालिकाको स्वास्थ्य परीक्षणको क्रममा देखिएको समस्या र औषधि सेवन लगायतका सुझावहरु कार्यान्वयन गर्ने बालगृहका कर्मचारी सुजन केसीले बताउनुभयो । म्याग्दी जिल्लामा औषधि ब्यवस्था विभाग र स्थानीय तहमा जम्मा १५ वटा औषधि पसल दर्ता छन् ।

Related News

पर्यटनले भरिपूर्ण अन्नपूर्ण : पूर्वाधार विकाससँगै उज्यालिँदै पर्यटकीय गन्तव्य
पर्यटनले भरिपूर्ण अन्नपूर्ण : पूर्वाधार विकाससँगै उज्यालिँदै पर्यटकीय गन्तव्य
  • २०८३ असार ६, शनिबार ०७:१०

राकेश शर्मा, म्याग्दी । अन्नपूर्ण प्रथम हिमाल अवस्थित रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका पर्यटन, जलस्रोत, कृषि र पशुपालनमा सम्भावनायुक्त छ ।...

कक्षा १२ को नतिजा :  अप्सरा थापाले ल्याइन ३.८६ जिपिए
कक्षा १२ को नतिजा : अप्सरा थापाले ल्याइन ३.८६ जिपिए
  • २०८३ असार ५, शुक्रबार १६:१९

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको कक्षा १२ को नतिजामा म्याग्दीको न्यू वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालय बेनीकी अप्सरा थापाले...

सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
  • २०८३ असार ३, बुधबार १२:२६

सरसफाई र सौन्दर्यकरणमा स्थानीयको साथ राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका भौगोलिक हिसाबले दुर्गम र विकट मानिने यस गाउँपालिकाका अधिकांश गाउँबस्तीमा...

TOP