नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा म्याग्दीले नेपाल बाल संगठन म्याग्दीमा रहेका बालबालिकाहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । औषधि व्यवसायी गण्डकी प्रदेश चौथो स्थापना दिवसको उपलक्ष्यमा बालगृहमा रहेका बालबालिकालाई स्वास्थ्य परीक्षणसँगै औषधि बितरण तथा आवश्यक खाद्यन्न सहयोग गरिएको जिल्ला शाखा अध्यक्ष शम्भुराज पाण्डेले बताउनुभयो ।
बालगृहमा रहेका ९ जना बालबालिकाहरुको बेनी अस्पतालकी डा।बिद्या बानियाँले चेकजाँच,हे।अ। रोस्नी भण्डारीले अन्य प्राबिधिक सहयोग गरेको संघले जनाएको छ ।
उक्त अवसरमा बालबालिकालाई स्वास्थ्य सम्बन्धि अन्य सचेतनामुलक जानकारी समेत गराइएको थियो । कार्यक्रममा औषधि व्यवसायी संघका कोषाध्यक्ष कुमार बानियाँ, सदस्यद्वय केशबराज ढकाल र बिजय अधिकारीको उपस्थिती रहेको थियो ।

अभिभावक विहिन बालबालिकालाई आगामी दिनमा समेत स्वास्थ्य सहित विभिन्न सहयोग गर्ने संघले जनाएको छ । यता बालबालिकाको स्वास्थ्य परीक्षणको क्रममा देखिएको समस्या र औषधि सेवन लगायतका सुझावहरु कार्यान्वयन गर्ने बालगृहका कर्मचारी सुजन केसीले बताउनुभयो । म्याग्दी जिल्लामा औषधि ब्यवस्था विभाग र स्थानीय तहमा जम्मा १५ वटा औषधि पसल दर्ता छन् ।

। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...
म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...
म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...