२०८३ भाद्र १०
August 26, 2026, Wednesday

एमालेको बेनी नगर अध्यक्षमा बेलबहादुर कटुवाल

नेकपा एमाले बेनी नगर कमिटीको अध्यक्षमा बेलबहादुर कटुवाल निर्विरोध निर्वाचित हुनुभएको छ ।

Advertisement

बुधबार बेनीमा भएको पार्टीको दोस्रो नगर अधिबेशनबाट कटुवाल अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको हो । अध्यक्ष पदका लागि कटुवालको मात्र एकल उम्मेदवारी परेपछि उहाँलाई निर्वाचन कमिटीले निर्विरोध निर्वाचित गरेको निर्वाचन कमिटीका अधिकृत रामप्रसाद शर्माले जानकारी दिनुभयो ।

पदाधिकारीका अन्य पदहरुमा भने आवश्यक संख्या भन्दा धेरैको उम्मेदवारी दर्ता भएकाले सर्वसममत रुपमा चयनका लागि छलफल थालिएको छ । सबै पदाधिकारी र सदस्यहरु सर्वसम्मत गरिने नगर कमिटीका अध्यक्ष नारायण जिसीले जानकारी दिनुभयो ।

हाँले भन्नुभयो, ‘‘अध्यक्ष पदमा एकल उम्मेदवारी परेकाले उहाँ निर्विरोध निर्वाचित हुनुभयो । पदाधिकारीका अन्य पदहरुमा धेरै साथीहरु आकांक्षी देखिनुभएको छ । छलफल गरेर सर्वसम्मत रुपमा टुंगोमा पुग्छौं ।’’ नयाँ नेतृत्व चयन गर्दै आजै नै अधिबेशन सम्पन्न गर्नेगरी तयारी गरिएको उहाँले बताउनुभयो ।

अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएका कटुवाल म्याग्दी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ । कुशल संगठक कटुवाल एमालेको राजनीतिमा लामो इतिहास भएको नेता हुनुहुन्छ ।

करिब तीन दशक यता पार्टीमा आवद्ध हुँदै आउनुभएका कटुवाल सामाजिक कार्यक्रर्ता समेत हुनुहुन्छ । कोभिड महामारीका समय बेनी अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा रहेर कोभिड नियन्त्रणमा प्रभावकारी भूमिका समेत निर्वाह गर्नुभएको थियो । अधिबेशनको उद्घाटन राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष तथा एमाले नेता गणेशप्रसाद तिमिल्सिनाले गर्नुभएको थियो ।

Related News

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

ज्ञानोदय माविमा म्याग्दी जेसीजद्धारा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न
ज्ञानोदय माविमा म्याग्दी जेसीजद्धारा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न
  • २०८३ भाद्र २, मंगलवार ००:५४

रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा विद्यार्थी र शिक्षकहरुका लागि उद्घोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ । युवाहरुको...

TOP