२०८१ माघ ५
January 18, 2025, Saturday

एमालेको बेनी नगर अध्यक्षमा बेलबहादुर कटुवाल

नेकपा एमाले बेनी नगर कमिटीको अध्यक्षमा बेलबहादुर कटुवाल निर्विरोध निर्वाचित हुनुभएको छ ।

Advertisement

बुधबार बेनीमा भएको पार्टीको दोस्रो नगर अधिबेशनबाट कटुवाल अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको हो । अध्यक्ष पदका लागि कटुवालको मात्र एकल उम्मेदवारी परेपछि उहाँलाई निर्वाचन कमिटीले निर्विरोध निर्वाचित गरेको निर्वाचन कमिटीका अधिकृत रामप्रसाद शर्माले जानकारी दिनुभयो ।

पदाधिकारीका अन्य पदहरुमा भने आवश्यक संख्या भन्दा धेरैको उम्मेदवारी दर्ता भएकाले सर्वसममत रुपमा चयनका लागि छलफल थालिएको छ । सबै पदाधिकारी र सदस्यहरु सर्वसम्मत गरिने नगर कमिटीका अध्यक्ष नारायण जिसीले जानकारी दिनुभयो ।

हाँले भन्नुभयो, ‘‘अध्यक्ष पदमा एकल उम्मेदवारी परेकाले उहाँ निर्विरोध निर्वाचित हुनुभयो । पदाधिकारीका अन्य पदहरुमा धेरै साथीहरु आकांक्षी देखिनुभएको छ । छलफल गरेर सर्वसम्मत रुपमा टुंगोमा पुग्छौं ।’’ नयाँ नेतृत्व चयन गर्दै आजै नै अधिबेशन सम्पन्न गर्नेगरी तयारी गरिएको उहाँले बताउनुभयो ।

अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएका कटुवाल म्याग्दी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ । कुशल संगठक कटुवाल एमालेको राजनीतिमा लामो इतिहास भएको नेता हुनुहुन्छ ।

करिब तीन दशक यता पार्टीमा आवद्ध हुँदै आउनुभएका कटुवाल सामाजिक कार्यक्रर्ता समेत हुनुहुन्छ । कोभिड महामारीका समय बेनी अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा रहेर कोभिड नियन्त्रणमा प्रभावकारी भूमिका समेत निर्वाह गर्नुभएको थियो । अधिबेशनको उद्घाटन राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष तथा एमाले नेता गणेशप्रसाद तिमिल्सिनाले गर्नुभएको थियो ।

Related News

पुख्यौली नाच प्रतियोगितामा मुना बिजयी
पुख्यौली नाच प्रतियोगितामा मुना बिजयी
  • २०८० फाल्गुन ३०, बुधबार १६:४९

म्याग्दीकोे लोपउन्मुख मौलिक पुख्यौली नाच प्रतियोगितामा धवलागिरी गाउँपालिका(३, मुना पुख्यौली समूह बिजेता बनेको छ । सदरमुकाम बेनीमा जारी आठौं म्याग्दी...

अधिकृत बिक्रेता संघको स्थापना दिवसमा खेलकुद र शैक्षिक सामग्री वितरण
अधिकृत बिक्रेता संघको स्थापना दिवसमा खेलकुद र शैक्षिक सामग्री वितरण
  • २०८० फाल्गुन ३०, बुधबार १६:४९

धौलागिरि अधिकृत बिक्रेता संघले बागलुङको जैमिनी नगरपालिका–१ मा रहेको सरस्वति आधारभूत विद्यालयमा खेलकुद र शैक्षिक सामग्री वितरण गरेको छ ।...

म्याग्दीमा १०औं राष्ट्रिय योग दिवस मनाइयो
म्याग्दीमा १०औं राष्ट्रिय योग दिवस मनाइयो
  • २०८० फाल्गुन ३०, बुधबार १६:४९

‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने मूल नारासहित म्याग्दीमा मङ्गलवार १०औं राष्ट्रिय योग दिवस–२०८१ मनाइएको छ...

TOP