२०८३ जेष्ठ ११
May 25, 2026, Monday

उद्योग वाणिज्य संघका पदाधीकारी र सदस्यहरुलाई क्षमता अभिवृद्धि तालिम

बेनी नगरपालिका–९ गलेश्वरमा शनिबार म्याग्दी उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधीकारी र सदस्यहरुलाई क्षमता अभिवृद्धि तालिम दिइएको छ ।

Advertisement

नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा आयोजित क्षमता मूल्याङ्कन तथा अभिमुखीकरण कार्यक्रमको संघका पुर्व अध्यक्ष सुर्दशनकुमार श्रेष्ठले उद्घाटन गर्नुभयो । महासंघ अन्र्तगतको कृषि उद्यम केन्द्रका वरिष्ठ कार्यक्रम अधिकृत अरुण श्रेष्ठले सांगठनिक, नीतिगत र कार्यक्रमका विषयमा सहजिकरण गर्नुभएको थियो ।

Advertisement

कार्यक्रममा संघका पदाधीकारी, कार्य समिति सदस्य, आमन्त्रित सदस्य र पालिका स्तरीय बजार इकाई समितिका पदाधीकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा संघका पुर्व अध्यक्षहरु बेलबहादुर कटुवाल, उत्तम कर्माचार्य, कुबिर श्रेष्ठ र नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले छिट्टै संघको तीन वर्षे कार्ययोजना बनाउने तयारी गरेको बताउनुभयो । बेनीको कालीपुलमा रहेको पर्यटक सूचना केन्द्र आगामी वैशाख १ गतेदेखि सञ्चालन गर्ने तयारी थालेको जानकारी गराउनुभयो ।

हङकङका पर्यटन दुत प्रकाश पुनसँग समन्वय गरेर म्याग्दी उद्योग वाणिज्य संघ र त्यहाँको निजी क्षेत्रको साझा सँगसँग भगिनी सम्बन्ध कायम गर्न लागिएको बताउनुभयो । बेनी नगरपालिकासँग साझेदारी गरेर लभ्लिहिलमा पर्यटन प्रर्वद्धन सम्बन्धी काम गर्न लागेको अध्यक्ष श्रेष्ठले जानकारी गराउनुभयो ।

म्याग्दी उद्योग वाणिज्य संघका महासचिव नारायण जिसीले सञ्चालन गर्नुभएको कार्यक्रमको समापन बरिष्ठ उपाध्यक्ष राजेश शाक्यले गर्नुभएको थियो ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०८० चैत्र १०, शनिबार १५:३९

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०८० चैत्र १०, शनिबार १५:३९

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०८० चैत्र १०, शनिबार १५:३९

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP