२०८३ बैशाख २१
May 4, 2026, Monday

बालगृहका बालबालिकासँग लोकदिप सहकारीले होली पर्व

नेपाल बाल संगठन म्याग्दीद्धारा सञ्चालित बालगृहमा रहेका बालबालिकासँग सदरमुकाम बेनीमा रहेको लोकदीप बचत तथा ऋण सहकारी संस्थाले होलीपर्व मनाएको छ । अभिभावकविहिन बालबालिकालाई फागु पूर्णिमा अर्थात रंगहरुको पर्व होलीमा खल्लो महसुस नहुने गरी सहकारीले ११औँ स्थापना दिवसको साताब्यापी कार्यक्रम अन्तरगत भोजन सहित होली पर्व मनाएको सहकारीका प्रबन्धक नेत्रराज सुबेदीले बताउनुभयो ।

Advertisement

रंगहरुको पर्व होलीमा रामाउँदै विभिन्न नाचगान तथा एकआपसमा सदभावकासाथ रंग र अविर दलेर रमाइलो गर्दै पर्व मनाइएको थियो । बालगृहका बालबालिकाले समेत होलीको अवसरमा आयोजित कार्यक्रमबाट उत्साहित भएको बताउनुभयो ।सहकारीकी अध्यक्ष प्रमिला जोशी श्रेष्ठले रंगीन खुसी र दुखकष्टको अन्त्यको कामना गदैं बालबालिकासँग भविस्यमा पनि संस्थागत गतिविधिबाट जोडिने बताउनुभयो ।

Advertisement

उहाँले विगतमा पनि सहकारीले बालगृहमा सहयोग गरेको बताउँदै सत्यको विजय र असत्यको नाश भएको उत्सवका रूपमा मनाइने होली बास्तविक जिवनमा समेत सबैको यही कामना गर्नुभएको थियो । सहकारीले स्थापना दिवसको अवसरमा विभिन्न सामाजिक एवम् सहकारीमैत्री गतिविधि सञ्चालन गरेको छ ।

होली पर्वको अवसरमा आयोजित कार्यक्रमको अध्यक्षता सहकारीकी अध्यक्ष प्रमिला जोशी श्रेष्ठ, स्वागत उपाध्यक्ष देबेन्द्र पौडेल र सञ्चालन सचिव अर्जुन पौडेलले गर्नुभएको थियो । आफन्त, इष्टमित्र, साथीभाईसंग मिलेर आपसमा रङ दली शुभकामना आदान प्रदान गरेर होली मनाउने परम्परा छ ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०८० चैत्र ११, आईतवार ११:०१

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०८० चैत्र ११, आईतवार ११:०१

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०८० चैत्र ११, आईतवार ११:०१

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP