२०८१ फाल्गुन २९
March 13, 2025, Thursday

बालगृहका बालबालिकासँग लोकदिप सहकारीले होली पर्व

नेपाल बाल संगठन म्याग्दीद्धारा सञ्चालित बालगृहमा रहेका बालबालिकासँग सदरमुकाम बेनीमा रहेको लोकदीप बचत तथा ऋण सहकारी संस्थाले होलीपर्व मनाएको छ । अभिभावकविहिन बालबालिकालाई फागु पूर्णिमा अर्थात रंगहरुको पर्व होलीमा खल्लो महसुस नहुने गरी सहकारीले ११औँ स्थापना दिवसको साताब्यापी कार्यक्रम अन्तरगत भोजन सहित होली पर्व मनाएको सहकारीका प्रबन्धक नेत्रराज सुबेदीले बताउनुभयो ।

Advertisement

रंगहरुको पर्व होलीमा रामाउँदै विभिन्न नाचगान तथा एकआपसमा सदभावकासाथ रंग र अविर दलेर रमाइलो गर्दै पर्व मनाइएको थियो । बालगृहका बालबालिकाले समेत होलीको अवसरमा आयोजित कार्यक्रमबाट उत्साहित भएको बताउनुभयो ।सहकारीकी अध्यक्ष प्रमिला जोशी श्रेष्ठले रंगीन खुसी र दुखकष्टको अन्त्यको कामना गदैं बालबालिकासँग भविस्यमा पनि संस्थागत गतिविधिबाट जोडिने बताउनुभयो ।

उहाँले विगतमा पनि सहकारीले बालगृहमा सहयोग गरेको बताउँदै सत्यको विजय र असत्यको नाश भएको उत्सवका रूपमा मनाइने होली बास्तविक जिवनमा समेत सबैको यही कामना गर्नुभएको थियो । सहकारीले स्थापना दिवसको अवसरमा विभिन्न सामाजिक एवम् सहकारीमैत्री गतिविधि सञ्चालन गरेको छ ।

होली पर्वको अवसरमा आयोजित कार्यक्रमको अध्यक्षता सहकारीकी अध्यक्ष प्रमिला जोशी श्रेष्ठ, स्वागत उपाध्यक्ष देबेन्द्र पौडेल र सञ्चालन सचिव अर्जुन पौडेलले गर्नुभएको थियो । आफन्त, इष्टमित्र, साथीभाईसंग मिलेर आपसमा रङ दली शुभकामना आदान प्रदान गरेर होली मनाउने परम्परा छ ।

Related News

बेनीमा थकाली समुदायको ‘तोरन्ल पर्व’ सुरु
बेनीमा थकाली समुदायको ‘तोरन्ल पर्व’ सुरु
  • २०८० चैत्र ११, आईतवार ११:०१

म्याग्दीमा बसोबास गर्दै आइरहेका थकाली समुदायले बुधबारदेखि तोरन्ल पर्व अर्थात् यस वर्षको ९फागु पूर्णिमा० मनाउन सुरु भएको छ । थकाली...

बेनी नगरपालिकाको सार्वजनिक सुनाई, स्थानीयले पोखे गुनासा
बेनी नगरपालिकाको सार्वजनिक सुनाई, स्थानीयले पोखे गुनासा
  • २०८० चैत्र ११, आईतवार ११:०१

अमित विश्वकर्माम्याग्दीको बेनी नगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ को दोस्रो चौमासिक समिक्षा तथा सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । बुधवार वडा...

केबि एकेडेमीका विद्यार्थीले आयोजना गरे प्रथम फुड मेला
केबि एकेडेमीका विद्यार्थीले आयोजना गरे प्रथम फुड मेला
  • २०८० चैत्र ११, आईतवार ११:०१

म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङ्कमा संचालनमा रहेको केबि एकेडेमीका विद्यार्थीले विभिन्न परिकारका सहित प्रथम केबि ए फुट मेला संचालन गरेका छन्...

TOP