२०८३ असार १०
June 24, 2026, Wednesday

पत्रकार र कलाकारको मैत्रीपूर्ण भलिबल

 बेनीमा शुक्रबार म्याग्दीका पत्रकार र कलाकारहरुबीच मैत्रीपूर्ण भलिबल खेल भएको छ ।नेपाल पत्रकार महासंघको ६९ औ स्थापना दिवसको अवसरमा महासंघ र राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका सदस्यहरुबीच खेल भएको हो ।       म्याग्दी बहुमुखी क्याम्पसको खेलमैदानमा जिल्ला भलिबल संघको प्राविधिक सहयोगमा भएको खेलको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गर्नुभयो ।

Advertisement

पत्रकारको टोलीलाई कलाकारको टोलीले १ का विरुद्ध ३ सेटले जित हाँसिल गरेको थियो । खेलाडीहरुलाई नगर प्रमुख केसी, म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख गोरखबहादुर जिसी, जिल्ला भलिबल संघका उपाध्यक्ष खड्ग केसीले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

Advertisement

कार्यक्रममा नगर प्रमुख केसीले समाजको वास्तविकताको उजागर गर्ने पात्र पत्रकार र कलाकार भएको बताउनुभयो । उहाँले पेशामा सिर्जनशिलता, व्यवसायिकता र निरन्तरताको सुझाव दिनुभयो ।

म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख गोरख बहादुर जिसी, महासंघका संस्थापक शाखा अध्यक्ष घनश्याम खड्काले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षता र सचिव सन्तोष गौतमको सञ्चालनमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष हरिकृष्ण गौतमले स्वागत गर्नुभएको थियो ।

Related News

समृद्ध बेनी निर्माणका लागि सुशासन, पारदर्शिता र जनविश्वास बलियो बनाउनुपर्छ : श्रेष्ठ
समृद्ध बेनी निर्माणका लागि सुशासन, पारदर्शिता र जनविश्वास बलियो बनाउनुपर्छ : श्रेष्ठ
  • २०८३ असार ९, मंगलवार १६:४७

म्याग्दीको बेनी नगरपालिकाको नगरसभामा वडा नम्बर ७ वडा सदस्य तथा सुशासन उपसमिति संयोजक सोहन श्रेष्ठ (विश्वास)ले पारदर्शिता, गुणस्तरीय सेवा प्रवाह,...

म्याग्दीको मंगलामा ४६ करोड ५० लाख वढिको बजेट पारित
म्याग्दीको मंगलामा ४६ करोड ५० लाख वढिको बजेट पारित
  • २०८३ असार ९, मंगलवार १६:००

म्याग्दीको मंगला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ४६ करोड ५० लाख १८ हजार ७ सय ५९ रुपैयाँको बजेट...

बेनी नगरपालिकाको बजेट ७५ करोड
बेनी नगरपालिकाको बजेट ७५ करोड
  • २०८३ असार ९, मंगलवार १५:५४

म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ७५ करोड ५२ लाख ७५ हजार रुपियाँको प्रस्तावित बजेट पारित गरेको छ ।...

TOP