२०८१ चैत्र ३
March 16, 2025, Sunday

पत्रकार र कलाकारको मैत्रीपूर्ण भलिबल

 बेनीमा शुक्रबार म्याग्दीका पत्रकार र कलाकारहरुबीच मैत्रीपूर्ण भलिबल खेल भएको छ ।नेपाल पत्रकार महासंघको ६९ औ स्थापना दिवसको अवसरमा महासंघ र राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका सदस्यहरुबीच खेल भएको हो ।       म्याग्दी बहुमुखी क्याम्पसको खेलमैदानमा जिल्ला भलिबल संघको प्राविधिक सहयोगमा भएको खेलको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गर्नुभयो ।

Advertisement

पत्रकारको टोलीलाई कलाकारको टोलीले १ का विरुद्ध ३ सेटले जित हाँसिल गरेको थियो । खेलाडीहरुलाई नगर प्रमुख केसी, म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख गोरखबहादुर जिसी, जिल्ला भलिबल संघका उपाध्यक्ष खड्ग केसीले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

कार्यक्रममा नगर प्रमुख केसीले समाजको वास्तविकताको उजागर गर्ने पात्र पत्रकार र कलाकार भएको बताउनुभयो । उहाँले पेशामा सिर्जनशिलता, व्यवसायिकता र निरन्तरताको सुझाव दिनुभयो ।

म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख गोरख बहादुर जिसी, महासंघका संस्थापक शाखा अध्यक्ष घनश्याम खड्काले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षता र सचिव सन्तोष गौतमको सञ्चालनमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष हरिकृष्ण गौतमले स्वागत गर्नुभएको थियो ।

Related News

बेनीमा थकाली समुदायको ‘तोरन्ल पर्व’ सुरु
बेनीमा थकाली समुदायको ‘तोरन्ल पर्व’ सुरु
  • २०८० चैत्र १६, शुक्रबार १६:०३

म्याग्दीमा बसोबास गर्दै आइरहेका थकाली समुदायले बुधबारदेखि तोरन्ल पर्व अर्थात् यस वर्षको ९फागु पूर्णिमा० मनाउन सुरु भएको छ । थकाली...

बेनी नगरपालिकाको सार्वजनिक सुनाई, स्थानीयले पोखे गुनासा
बेनी नगरपालिकाको सार्वजनिक सुनाई, स्थानीयले पोखे गुनासा
  • २०८० चैत्र १६, शुक्रबार १६:०३

अमित विश्वकर्माम्याग्दीको बेनी नगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ को दोस्रो चौमासिक समिक्षा तथा सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । बुधवार वडा...

केबि एकेडेमीका विद्यार्थीले आयोजना गरे प्रथम फुड मेला
केबि एकेडेमीका विद्यार्थीले आयोजना गरे प्रथम फुड मेला
  • २०८० चैत्र १६, शुक्रबार १६:०३

म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङ्कमा संचालनमा रहेको केबि एकेडेमीका विद्यार्थीले विभिन्न परिकारका सहित प्रथम केबि ए फुट मेला संचालन गरेका छन्...

TOP