२०८३ बैशाख २०
May 3, 2026, Sunday

घतानको ढोलठानामा पर्यटकीय पुर्बाधार निर्माण

तत्कालीन पर्वत राज्यको राजधानी म्याग्दीको बेनी नगरपालिका–९ स्थित ऐतिहाँसिक महत्वको ढोलठानामा पर्यटकीय पुर्बाधार विस्तार भएको छ ।

Advertisement

ऐतिहाँसिक स्थलको संरक्षण गरि पर्यटक भित्र्याउनका लागि पुर्बाधार निर्माणलाई तिब्रता दिइएको हो । पछिल्लो ६ वर्षको अवधिमा ढोलथानामा रु. ५० लाख बढीको पुर्बाधार निर्माण भएको बेनी नगरपालिका–९ घतानका वडा अध्यक्ष चक्र केसीले बताउनुभयो ।

Advertisement

“बेनी र गलेश्वरमा आउने पर्यटक तथा भक्तजनको बसाई लम्बाउने उद्देश्यले ढोलथानामा पूर्वाधार विस्तारलाई तिब्रता दिइएको हो,” उहाँले भन्नुभयो “गलेश्वर देखि घतान हुदै ढोलथान जोड्ने पदमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्न अध्ययन थालिएको छ ।”

यस वर्ष गण्डकी प्रदेश सरकारको रु. १० लाख बजेटबाट ढोलथाना दरवार रहेको ठाउँमा मौलिक सिप, कला र स्रोत साधनको प्रयोग गरेर बिश्राम गरेर दृष्य अवलोकन स्थल, पैदलमार्ग र प्रवेशद्धार निर्माण गरिएको छ ।

वडा सदस्य गणेश सुवेदीले ढुङ्गा र माटोको प्रयोग गरेर २०० मिटर सिढी चिनेको पदमार्गका साथै उद्यान र बसेर दृष्य अवलोकन गर्न ढुंगाको सिढी सहितको बिश्रामस्थल बनाइएको जानकारी दिनुभयो । प्रदेश सरकारकै थप रु. १० लाख बजेटबाट उद्यान परिसरलाई संरक्षण गर्न टेवा पर्खाल निर्माण थालिएको छ ।

यसअघि रु. ३० लाख बजेटबाट सडक, पदमार्ग, उद्यान, सार्वजनिक शौचालय र बिश्रामस्थल निर्माण भएको थियो । तत्कालीन राजा भर्तीबम मल्लको समयमा बि.स. १६३१ देखि राजाहरु हिउँदका चार महिना बेनी र अरु आठ महिना ढोलठानामा बसेर तत्कालीन पर्वत राज्य सञ्चालन गरेको इतिहाँस छ । पर्वत राज्य नेपालमा बिलय भएको बि.स. १८४३ सम्म ढोलठानामा सो राज्यको राजधानीको रुपमा रहेको थियो ।

निलबराह सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष सागर बानियाले ढोलथानामा उद्यान निर्माणका क्रममा भेटिएका प्राचिन सामग्रीहरु सुरक्षित रुपमा राखिएको बताउनुभयो । उहाँका अनुसार तत्कालीन दरबार निर्माणमा प्रयोग भएका काठ, चट्नी र नुन पिस्ने सिलौटो, झिङगटी, घरका पिल्लर, इटाहरु भेटिएको थियो ।

समुन्द्रि सतहदेखि एक हजार १८८० मिटर उचाइमा अवस्थित ढोलठानाबाट धवलागिरि, अन्नपुर्ण, निलगिरि लगायत दर्जनौ हिमाल, सुर्योदयको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ । पुर्वाधार निर्माणसँगै बेनी र अन्य ठाउँबाट आएका पर्यटकको चहलपहल बढेको स्थानीय रामबहादुर शाहीले बताउनुभयो ।

“नागबेली परेर बगेको म्याग्दी नदीको साथै पर्वत र बागलुङका बजार तथा बस्ती अवलोकन गर्न पाउनु ढोलठानाको थप बिशेषता हो,” उहाँले भन्नुभयो “सडक यातायात सुबिधा र प्रचारप्रसारसँगै चहलपहल बढेको हो ।”

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०८१ बैशाख १३, बिहीबार ०२:१३

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०८१ बैशाख १३, बिहीबार ०२:१३

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०८१ बैशाख १३, बिहीबार ०२:१३

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP