२०८३ जेष्ठ ६
May 20, 2026, Wednesday

अन्नपूर्णमा नमुना युवा गाउँ सभा अभ्यास सुरू

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा नमुना युवा संसद कार्यक्रम अन्तर्गत सञ्चालित तिन दिने नमुना युवा संसद अभ्यास तथा नमुना गाउँ सभा अभ्यास एवम् प्रशिक्षण कार्यक्रम वुधबारबाट सुरु भएको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष भारतकुमार पुनले सक्षम नागरिक तयार गर्ने, पालिको विकासको लागि युवाहरुलाई सबल, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउँदै सार्थक सहभागिता सुनिश्चित गरी गाउँपालिकालाई आधुनिक, न्यायपूर्ण र समृद्ध बनाउने उद्देश्यसहित पालिका विभिन्न तालिम र आयआर्जन सम्बन्धी कार्यक्रमहरु संचालन गरेको बताउनुभयो र
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले यस प्रशिक्षणले युवाहरुमा उद्यमशीलता विकासमा थप सहयोग पुग्ने बताउनुभयो ।

पालिका भित्रका करिब ४० जना युवाहरुलाई राष्ट्रिय युवा परिषद्का पूर्व अध्यक्ष विवेक त्रिपाठीले प्रशिक्षण दिनुहुने छ । कार्यक्रम गाउँपालिकाको सामाजिक विकास संयोजक वडा नं. २ का वडा अध्यक्ष ओम फगामीको अध्यक्षता शिक्षा अधिकृत गणेश बहादुर कटुवालको संचालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

Advertisement

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०८१ जेष्ठ २, बुधबार १६:१६

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०८१ जेष्ठ २, बुधबार १६:१६

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०८१ जेष्ठ २, बुधबार १६:१६

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP