२०८१ जेष्ठ ३
May 16, 2024, Thursday

व्यवसायी श्रेष्ठद्धारा जन्मदिनको अवसरमा मानवसेवा आश्रम र साहाराको घरलाई सहयोग

आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार छ। धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर फजुल खर्च गदैं उत्सवको रुपमा मनाउनेहरूको बीचमा म्याग्दीका एक यूवा ब्यवसायीले मानवीय सेवामा सक्रिय दुई संस्थालाई सहयोग गरी जन्मदिन मनाउनुभएको छ ।

Advertisement

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले जन्मदिनको अवसरमा सडक मानबको उद्धार र पुर्नस्थापनामा सक्रिय मानवसेवा आश्रम बागलुङको निर्माणधिन भवनमा २५ हजार र अनाथ बालबालिका संरक्षण तथा आवास केन्द्र साहाराको घर भरतपुर चितवनलाई ५ हजार आर्थिक सहयोग गर्नुभएको हो ।

म्याग्दीका सफल यूवा ब्यवसायी श्रेष्ठले हरेक बर्ष जन्मदिन र चाडपर्वमा नेपाल बाल संगठन म्याग्दीद्धारा सञ्चालित बालगृहका बालबालिकालाई भोजन समेत गराउने गर्नुभएको छ ।

‘मानवीय सेवामा सक्रिय संस्थालाई सहयोग गरी जन्मदिन मनाएको छु, अगामी दिनमा पनि पवित्र कार्यमा जोडिनेछु’ अध्यक्ष श्रेष्ठले भन्नुभयो । केही दिन अगाडी बेनीमा मानवसेवा आश्रमको मानव उद्धार तथा ब्यवस्थापनमा खेलेको भूमिलाई नजिकबाट निहाल्ने अवसर पाएपछि मानवसेवा आश्रमको क्षेत्रमा सहयोगको अभियानलाई जिल्लामा समेत सञ्चालन गर्ने अध्यक्ष श्रेष्ठको भनाई छ ।

Related News

अन्नपूर्णमा नमुना युवा गाउँ सभा अभ्यास सुरू
अन्नपूर्णमा नमुना युवा गाउँ सभा अभ्यास सुरू
  • २०८१ बैशाख १३, बिहीबार १५:२८

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा नमुना युवा संसद कार्यक्रम अन्तर्गत सञ्चालित तिन दिने नमुना युवा संसद अभ्यास...

अन्नपूर्णका व्यवसायीलाई कर सम्बन्धि अभिमुखीकरण
अन्नपूर्णका व्यवसायीलाई कर सम्बन्धि अभिमुखीकरण
  • २०८१ बैशाख १३, बिहीबार १५:२८

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कर सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा पालिकाका जनप्रतिनिधि, पालिका भित्रका होटल...

हानिकारक सामाजिक मान्यताहरू न्यूनिकरणमा विद्यार्थीको चासाे
हानिकारक सामाजिक मान्यताहरू न्यूनिकरणमा विद्यार्थीको चासाे
  • २०८१ बैशाख १३, बिहीबार १५:२८

हानिकारक सामाजिक मान्यताहरू समाजका लागि चुनौती भएको भन्दै न्यूनिकरणमा विद्यार्थीको भूमिका महत्वपूर्ण रहेको एक कार्यक्रमका सहभागीले बताएका छन् । Advertisement...

TOP