२०८३ श्रावण ८
July 24, 2026, Friday

मल्लाजकाे दहमा दम्पती हत्या घटना : आरोपी दुई पक्राउ

म्याग्दीको सदरमुकाम बेनीनजिक रहेको पर्वतको जलजला गाउँपालिका –२ मल्लाज दहमा एक महिनाअघि भएको दम्पती हत्या घटनाका आरोपी दुई जना पक्राउ परेका छन् । 

Advertisement

गत चैत १९ गते राति स्थानीय ६९ वर्षीय सूर्यबहादुर जिसी र उहाँको श्रीमती  ६७ वर्षीया गमला जिसीको विभत्स हत्या भएको अवस्थामा घरभित्र शव भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले घटनाको अनुसन्धान करिब अन्तिम चरणमा पुगेको र हत्यामा संलग्न भनिएका अभियुक्त पक्राउ परेको जानकारी दिनुभयो । 

हत्यामा संलग्न भएको आरोपमा म्याग्दीका कृष्ण विक र दीपक परियारलाई मंगलबार पक्राउ गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘हत्या घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । हत्यामा संलग्न प्रहरी नियन्त्रणमा आइसकेका छन् । २४ घण्टाभित्र पत्रकार सम्मेलन गरेर हत्यामा संलग्नलाई सार्वजनिक गर्नेछौं ।’’  

हत्या घटनाको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) टोलीले गरेको थियो । हत्यामा संलग्न भएका एकलाई पर्वत र अर्को एक जनालाई पोखराबाट नियन्त्रणमा लिएको सिआइबीका एसपी होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिएकामाथि थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ । हत्या भएको राति ९ बजेसम्म आफन्तसँग फोनमा कुराकानी गरेर सुतेका जिसी खाटमै मृत भेटिनुभएको थियो । श्रीमती गमला भने भुईँमा घोप्टो अवस्थामा मृत भेटिनुभएको थियो । 

घटनालगत्तै गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले अनुसन्धान अधिकृत खटाएको थियो । घटनालाई गम्भीर रुपमा लिएको भन्दै गण्डकी प्रदेशका तत्कालीन डीआइजी विकासराज खनाल आफैं घटनास्थल पुग्नुभएको थियो । पोखराबाट त्यतिबेला तालिम प्राप्त कुकुर, डाक्टर र अनुसन्धान अधिकृतको टोली घटनास्थल पुगेको थियो ।

घटनास्थल जिल्ला प्रहरी कार्यालय पर्वतभन्दा म्याग्दीनजिक पर्ने भएकाले म्याग्दी सदरमुकाम बेनीलाई आधार बनाएर प्रहरीले अनुसन्धान अघि बढाएको थियो । जिल्ला प्रहरी कार्यालय पर्वत र म्याग्दी, गण्डकी प्रदेश प्रहरी कार्यालय गरी तीन कार्यालयका अब्बल अनुसन्धान अधिकृतहरु अनुसन्धानमा जुट्दा आरोपी पत्ता लाग्न नसकेपछि प्रहरी महानिरीक्षक (आईजी) वसन्तबहादुर कुँवरको निर्देशनमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २८ चैतमा इन्सपेक्टरको कमाण्डमा तीन जनाको टोलीलाई घटनाको अनुसन्धानमा पठाएको थियो । 

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP