२०८२ बैशाख ४
April 17, 2025, Thursday

मल्लाजकाे दहमा दम्पती हत्या घटना : आरोपी दुई पक्राउ

म्याग्दीको सदरमुकाम बेनीनजिक रहेको पर्वतको जलजला गाउँपालिका –२ मल्लाज दहमा एक महिनाअघि भएको दम्पती हत्या घटनाका आरोपी दुई जना पक्राउ परेका छन् । 

Advertisement

गत चैत १९ गते राति स्थानीय ६९ वर्षीय सूर्यबहादुर जिसी र उहाँको श्रीमती  ६७ वर्षीया गमला जिसीको विभत्स हत्या भएको अवस्थामा घरभित्र शव भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले घटनाको अनुसन्धान करिब अन्तिम चरणमा पुगेको र हत्यामा संलग्न भनिएका अभियुक्त पक्राउ परेको जानकारी दिनुभयो । 

Advertisement

हत्यामा संलग्न भएको आरोपमा म्याग्दीका कृष्ण विक र दीपक परियारलाई मंगलबार पक्राउ गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘हत्या घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । हत्यामा संलग्न प्रहरी नियन्त्रणमा आइसकेका छन् । २४ घण्टाभित्र पत्रकार सम्मेलन गरेर हत्यामा संलग्नलाई सार्वजनिक गर्नेछौं ।’’  

हत्या घटनाको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) टोलीले गरेको थियो । हत्यामा संलग्न भएका एकलाई पर्वत र अर्को एक जनालाई पोखराबाट नियन्त्रणमा लिएको सिआइबीका एसपी होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिएकामाथि थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ । हत्या भएको राति ९ बजेसम्म आफन्तसँग फोनमा कुराकानी गरेर सुतेका जिसी खाटमै मृत भेटिनुभएको थियो । श्रीमती गमला भने भुईँमा घोप्टो अवस्थामा मृत भेटिनुभएको थियो । 

घटनालगत्तै गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले अनुसन्धान अधिकृत खटाएको थियो । घटनालाई गम्भीर रुपमा लिएको भन्दै गण्डकी प्रदेशका तत्कालीन डीआइजी विकासराज खनाल आफैं घटनास्थल पुग्नुभएको थियो । पोखराबाट त्यतिबेला तालिम प्राप्त कुकुर, डाक्टर र अनुसन्धान अधिकृतको टोली घटनास्थल पुगेको थियो ।

घटनास्थल जिल्ला प्रहरी कार्यालय पर्वतभन्दा म्याग्दीनजिक पर्ने भएकाले म्याग्दी सदरमुकाम बेनीलाई आधार बनाएर प्रहरीले अनुसन्धान अघि बढाएको थियो । जिल्ला प्रहरी कार्यालय पर्वत र म्याग्दी, गण्डकी प्रदेश प्रहरी कार्यालय गरी तीन कार्यालयका अब्बल अनुसन्धान अधिकृतहरु अनुसन्धानमा जुट्दा आरोपी पत्ता लाग्न नसकेपछि प्रहरी महानिरीक्षक (आईजी) वसन्तबहादुर कुँवरको निर्देशनमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २८ चैतमा इन्सपेक्टरको कमाण्डमा तीन जनाको टोलीलाई घटनाको अनुसन्धानमा पठाएको थियो । 

Related News

विद्यालयस्तरीय वक्तृत्वकलामा उर्मिलाले जितिन् ५० हजार पुरस्कार
विद्यालयस्तरीय वक्तृत्वकलामा उर्मिलाले जितिन् ५० हजार पुरस्कार
  • २०८१ बैशाख १९, बुधबार ०३:४८

म्याग्दीमा आयोजित सर्वाधिक धनराशीको ‘अब म पनि बोल्छु’वक्तृत्वकला प्रतियोगिताको उपाधी धवलागिरी गाउँपालिका–७,धारापानीस्थित किसानी चन्द्रकुन्ता माविकी उर्मिला सुबेदीले जितेकी छन् ।...

अधिकृत बिक्रेता संघको शुभकामना आदानप्रदान
अधिकृत बिक्रेता संघको शुभकामना आदानप्रदान
  • २०८१ बैशाख १९, बुधबार ०३:४८

धौलागिरी अधिकृत विक्रेता संघको आयोजनामा शनिबा बागलुङमा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान र बागलुङ उद्योग वाणिज्य संघको १९ औ...

रघुगंगामा ५५ कुकुरको बन्ध्याकरण
रघुगंगामा ५५ कुकुरको बन्ध्याकरण
  • २०८१ बैशाख १९, बुधबार ०३:४८

म्याग्दी, २८ चैत ।म्याग्दीको रघुगंगा गाउँपालिकाले सामुदायिक र घरपालुवा कुकुरको बन्ध्याकरण शिविर संचालन गरेको छ । पालिका भित्रका ५५ कुकुरको...

TOP