२०८३ असार ६
June 20, 2026, Saturday

मंगलाघाटका फगामी परिवारद्वारा बाल जागृतिका विद्यार्थीलाई खाद्यान्न सहयोग


म्याग्दी । बेनी नगरपालिका वडा नम्वर ७ मंगलाघाटका रमेश फगामी र गुनमाया फगामीको परिवारले वगुवाखोला स्थित बाल जागृति आधारभूत विद्यालयमा अध्ययनरत वौद्धिक अपांगता भएका विद्यार्थीहरुलाई खाद्यान्न सहयोग गर्नुभएको छ ।


१३५ औँ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर फगामीका छोरा वुहारी हाल अष्ट्रेलियामा रहनुभएका वर्षात र दुर्गा फगामीको सहयोगमा रु २५ हजार बराबरको खाद्यान्न तथा शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो ।

Advertisement


बुधबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि फगामी परिवारले दाल, चामल, नुन, तेल, कपी, कलम लगायतका खाद्यान्न तथा शैक्षिक सामग्री विद्यालयका प्रधानाध्यापक धन बहादुर क्षेत्रीलाई प्रदान गर्नुभएको हो ।


सहयोग रकम हस्तान्तरण गर्दै बेनी नगरपालिका वडा नम्वर ७ का वडा सदस्य समेत रहनुभएका फगामीले वौद्दिक रुपमा अपांगता भएका विद्यार्थीहरुलाई अध्ययन सहित खानपानको समेत व्यवस्थापन गर्दै आएको विद्यालयलाई सहज होस भनेर खाद्यान्न सहयोग उपलब्ध गराईएको बताउनुभयो । साथै उहाँले छोरा वुहारीको ईच्छा अनुसार यस्तै सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो ।


सहयोग ग्रहण गर्दै विद्यालयका प्रधानाध्यापक क्षेत्रीले फगामी परिवारको यो सहयोगले विद्यालयमा अध्ययनरत वौद्धिक अपांगता भएका विद्यार्थीहरुलाई राहत मिल्ने बताउनुभयो ।


कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बेल बहादुर कटुवाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विज्ञान केसी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन दुर्गा वुढाले गर्नुभएको थियो ।

Related News

पर्यटनले भरिपूर्ण अन्नपूर्ण : पूर्वाधार विकाससँगै उज्यालिँदै पर्यटकीय गन्तव्य
पर्यटनले भरिपूर्ण अन्नपूर्ण : पूर्वाधार विकाससँगै उज्यालिँदै पर्यटकीय गन्तव्य
  • २०८३ असार ६, शनिबार ०७:१०

राकेश शर्मा, म्याग्दी । अन्नपूर्ण प्रथम हिमाल अवस्थित रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका पर्यटन, जलस्रोत, कृषि र पशुपालनमा सम्भावनायुक्त छ ।...

कक्षा १२ को नतिजा :  अप्सरा थापाले ल्याइन ३.८६ जिपिए
कक्षा १२ को नतिजा : अप्सरा थापाले ल्याइन ३.८६ जिपिए
  • २०८३ असार ५, शुक्रबार १६:१९

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको कक्षा १२ को नतिजामा म्याग्दीको न्यू वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालय बेनीकी अप्सरा थापाले...

सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
  • २०८३ असार ३, बुधबार १२:२६

सरसफाई र सौन्दर्यकरणमा स्थानीयको साथ राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका भौगोलिक हिसाबले दुर्गम र विकट मानिने यस गाउँपालिकाका अधिकांश गाउँबस्तीमा...

TOP