म्याग्दी । बेनी नगरपालिका वडा नम्वर ७ मंगलाघाटका रमेश फगामी र गुनमाया फगामीको परिवारले वगुवाखोला स्थित बाल जागृति आधारभूत विद्यालयमा अध्ययनरत वौद्धिक अपांगता भएका विद्यार्थीहरुलाई खाद्यान्न सहयोग गर्नुभएको छ ।
१३५ औँ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर फगामीका छोरा वुहारी हाल अष्ट्रेलियामा रहनुभएका वर्षात र दुर्गा फगामीको सहयोगमा रु २५ हजार बराबरको खाद्यान्न तथा शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो ।
बुधबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि फगामी परिवारले दाल, चामल, नुन, तेल, कपी, कलम लगायतका खाद्यान्न तथा शैक्षिक सामग्री विद्यालयका प्रधानाध्यापक धन बहादुर क्षेत्रीलाई प्रदान गर्नुभएको हो ।
सहयोग रकम हस्तान्तरण गर्दै बेनी नगरपालिका वडा नम्वर ७ का वडा सदस्य समेत रहनुभएका फगामीले वौद्दिक रुपमा अपांगता भएका विद्यार्थीहरुलाई अध्ययन सहित खानपानको समेत व्यवस्थापन गर्दै आएको विद्यालयलाई सहज होस भनेर खाद्यान्न सहयोग उपलब्ध गराईएको बताउनुभयो । साथै उहाँले छोरा वुहारीको ईच्छा अनुसार यस्तै सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो ।
सहयोग ग्रहण गर्दै विद्यालयका प्रधानाध्यापक क्षेत्रीले फगामी परिवारको यो सहयोगले विद्यालयमा अध्ययनरत वौद्धिक अपांगता भएका विद्यार्थीहरुलाई राहत मिल्ने बताउनुभयो ।
कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बेल बहादुर कटुवाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विज्ञान केसी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन दुर्गा वुढाले गर्नुभएको थियो ।
म्याग्दीकोे लोपउन्मुख मौलिक पुख्यौली नाच प्रतियोगितामा धवलागिरी गाउँपालिका(३, मुना पुख्यौली समूह बिजेता बनेको छ । सदरमुकाम बेनीमा जारी आठौं म्याग्दी...
धौलागिरि अधिकृत बिक्रेता संघले बागलुङको जैमिनी नगरपालिका–१ मा रहेको सरस्वति आधारभूत विद्यालयमा खेलकुद र शैक्षिक सामग्री वितरण गरेको छ ।...
‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने मूल नारासहित म्याग्दीमा मङ्गलवार १०औं राष्ट्रिय योग दिवस–२०८१ मनाइएको छ...