२०८३ असार ६
June 20, 2026, Saturday

खेलाडी उत्पादन गर्ने बेनीमा भलिबल प्रशिक्षण सुरु

नयाँ खेलाडी उत्पादन र पहिचान गर्न म्याग्दीको सदरमुकाम बेनीमा आज शुक्रवारदेखि १० दिनका लागि भलिबल प्रशिक्षण सुरु भएको छ । ‘नेपालको राष्ट्रिय खेल भलिबल’ भन्ने मूल नारासहित म्याग्दी जिल्ला भलिबल संघको आयोजना र जिल्ला खेलकुद विकास समितिको सहकार्यमा महिला तथा पुरुष भलिबलको प्रशिक्षण सञ्चालन गरिएको हो ।

माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर बसेका, कक्षा ११ र १२ अध्ययन गर्दै गरेका तथा १२ कक्षा पास भई बसेका विद्यार्थीहरुलाई लक्षित गरेर भलिबलको प्रशिक्षण आयोजना गरिएको म्याग्दी जिल्ला भलिबल संघले जनाएको छ । नेपालको राष्ट्रिय खेल भलिबलप्रति आकर्षण बढाउन, नयाँ खेलाडीहरुको पहिचान तथा उत्पादन गर्न र खेलाडीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित प्रशिक्षण सुरु गरिएको छ ।

Advertisement

भलिबल प्रशिक्षणको उद्घाटन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले प्रशिक्षणमा सहभागी खेलाडीहरुलाई अनुशासनपूर्वक खेल प्रदर्शन गर्न सुझाव दिनुभयो । उहाँले भलिबललगायत खेलकुदजन्य गतिविधिहरुको टे«निङ सेन्टरका लागि बेनी नगरपालिकाले जग्गा व्यवस्थापन गरेको बताउँदै १० दिनको भलिबल खेललाई अवसरको रुपमा लिएर पूर्ण रुपले प्रशिक्षण लिनुपर्ने बताउनुभयो ।

खेलकुद क्षेत्रको विकास गर्नको लागि आवश्यक पहल गर्नुका साथै बजेटको समेत व्यवस्थापन गरिने नगर प्रमुख केसीको भनाइ छ । सोही कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीले खेलकुदमा अनुशासन मुख्य भएकाले प्रशिक्षणमा सहभागी खेलाडीहरुले अनुशासनलाई ध्यानमा राखेर खेल्नुपर्ने बताउनुभयो । उहाँले खेलकुद क्षेत्रमा भएको लगानीको प्रतिफल लामो समयपछि देखिने बताउँदै नयाँ खेलाडी उत्पादन तथा खेलाडीहरुलाई थप दक्ष, योग्य र सक्षम बनाउन खेलकुद विकास समिति र म्याग्दी जिल्ला भलिबल संघले खेलकुदका गतिविधिलाई जोड दिएको बताउनुभयो ।

म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले खेलकुदमा नवआगन्तुक खेलाडीको पहिचानसँगै समग्र खेलकुदको विकास गर्न प्रशिक्षण आयोजना गरिएको बताउनुभयो । नेपाल पुलिस क्लबका भलिबल खेलाडी जमानसिङ परियारले अनुभव सुनाउनुभएको भलिबलको प्रशिक्षण कार्यक्रमको उद्घाटनसत्र म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष बानियाँको अध्यक्षता, महासचिव कुमार किसानको सञ्चालन र रघुगंगा गाउँपालिका भलिबल संघका अध्यक्ष अशोक शाहीले स्वागत गर्नुभएको थियो ।

भलिबलको प्रशिक्षण कार्यक्रममा संघका अध्यक्ष एवं प्रशिक्षक तेजेन्द्र बानियाँ, महासचिव कुमार किसान र सदस्य तथा प्रशिक्षक मलिनकुमार रोकाले प्रशिक्षण दिनुहुनेछ । भलिबल प्रशिक्षण कार्यक्रममा २० वर्षमूनिका म्याग्दी जिल्लाबाट पुरुष ४४ र महिला २८ जना प्रशिक्षार्थी खेलाडीहरुले सहभागिता जनाएका छन् ।

Related News

पर्यटनले भरिपूर्ण अन्नपूर्ण : पूर्वाधार विकाससँगै उज्यालिँदै पर्यटकीय गन्तव्य
पर्यटनले भरिपूर्ण अन्नपूर्ण : पूर्वाधार विकाससँगै उज्यालिँदै पर्यटकीय गन्तव्य
  • २०८३ असार ६, शनिबार ०७:१०

राकेश शर्मा, म्याग्दी । अन्नपूर्ण प्रथम हिमाल अवस्थित रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका पर्यटन, जलस्रोत, कृषि र पशुपालनमा सम्भावनायुक्त छ ।...

कक्षा १२ को नतिजा :  अप्सरा थापाले ल्याइन ३.८६ जिपिए
कक्षा १२ को नतिजा : अप्सरा थापाले ल्याइन ३.८६ जिपिए
  • २०८३ असार ५, शुक्रबार १६:१९

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको कक्षा १२ को नतिजामा म्याग्दीको न्यू वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालय बेनीकी अप्सरा थापाले...

सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
  • २०८३ असार ३, बुधबार १२:२६

सरसफाई र सौन्दर्यकरणमा स्थानीयको साथ राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका भौगोलिक हिसाबले दुर्गम र विकट मानिने यस गाउँपालिकाका अधिकांश गाउँबस्तीमा...

TOP