२०८३ बैशाख २२
May 5, 2026, Tuesday

रेडक्रस सोसाइटी म्याग्दीको ३१ औं साधारणसभा, विभिन्न व्यक्तीहरु सम्मानित

नेपाल रेडक्रस सोसाइटी म्याग्दीको ३१ औं साधारण सभा तथा अधिवेशन पश्चिम म्याग्दीको दरबाङमा शनिवार सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी नेपाल रेडक्र सोसाइटीका केन्द्रीय महामन्त्री भूपतिलाल श्रेष्ठले विश्वभर मानव समुदायमा आइपर्ने मानवीय तथा प्राकृतिक जुनसुकै खालका विपद्मा रेडक्रस अभियानले अनवरत सेवा प्रदान गर्दै आएको बताउनुभयो ।

Advertisement

यस वर्ष पनि मानवतालाई जीवित राखौं भन्ने नारासहित मे ८ तारिखमा विश्व रेडक्रस दिवस मनाइएको बताउँदै प्रमुख अतिथी श्रेष्ठले संसारमा द्धन्द्ध,युद्ध र विपदले मानवता संकटमा परेको र यस अनिश्चित संसारमा रेडक्रस स्वयम्सेवकले प्रदान गर्ने निःस्वार्थ सेवा मार्फत मानवताको दियो जोगाइ राख्न आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।

Advertisement

त्यसैगरी नेपाल रेडक्रस सोसाइटी म्याग्दीका सभापति अमर वानियाँले मानवीय सेवामा समर्पित नेपाल रेडक्रस सोसाइटीको म्याग्दी शाखाले संगठन विस्तार,विपद् व्यवस्थापन,रक्तसञ्चार सेवा,एम्बुलेन्स सेवा,जुनियर तथा युवा रेडक्रस परिचालन,आर्थिक स्रोत परिचालन,सामुदायिक जीविकोपार्जन प्रवद्र्धन कार्यक्रम लगाएतका परोपकारी तथा समुदायका आर्थिक विकाससँग समेत जोडिएका विभिन्न कार्यहरु गर्दै आएको बताउनुभयो ।

म्याग्दी रेडक्रसको यात्रा अनेक किसिमका सेवाहरुको इतिहासले भरिएको बताउँदै सभापति बानियाँले पीडित र असहायहरुको सेवा नै रेडक्रसको मुख्य उद्धेश्य हो भन्नुभयो । कार्यक्रममा रेडक्रस म्याग्दी शाखाका महामन्त्री यामबहादुर चोखालले वार्षिक प्रगति प्रतिवेदन, र कोषाध्यक्ष नवराज पौडेलले आर्थिक प्रतिवेदन तथा आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।

सोही अवसरमा म्याग्दी रेडक्रसको दरबाङ उपशाखाको भवन निर्माणका लागि निःशुल्क जग्गा उपलव्ध गराउनुहुने स्थानीय समाजसेवी शिवनारायण फगामीलाई विशेष सम्मान समेत गरिएको थियो । त्यस्तै जिल्लामा परोपकारी पत्रकारिता गर्दै आउनुभएका पत्रकार हरिकृष्ण गौतम लगाएत रेडक्रस म्याग्दीका विभिन्न उत्कृष्ट उपशाखा,उपशाखाका सभापति लगाएत,उत्कृष्ट पदाधिकारी लगाएतलाई सम्मान समेत गरिएको थियो ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०८१ बैशाख ३०, आईतवार ०२:२३

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०८१ बैशाख ३०, आईतवार ०२:२३

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०८१ बैशाख ३०, आईतवार ०२:२३

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP