२०८१ फाल्गुन ५
February 17, 2025, Monday

रेडक्रस सोसाइटी म्याग्दीको ३१ औं साधारणसभा, विभिन्न व्यक्तीहरु सम्मानित

नेपाल रेडक्रस सोसाइटी म्याग्दीको ३१ औं साधारण सभा तथा अधिवेशन पश्चिम म्याग्दीको दरबाङमा शनिवार सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी नेपाल रेडक्र सोसाइटीका केन्द्रीय महामन्त्री भूपतिलाल श्रेष्ठले विश्वभर मानव समुदायमा आइपर्ने मानवीय तथा प्राकृतिक जुनसुकै खालका विपद्मा रेडक्रस अभियानले अनवरत सेवा प्रदान गर्दै आएको बताउनुभयो ।

Advertisement

यस वर्ष पनि मानवतालाई जीवित राखौं भन्ने नारासहित मे ८ तारिखमा विश्व रेडक्रस दिवस मनाइएको बताउँदै प्रमुख अतिथी श्रेष्ठले संसारमा द्धन्द्ध,युद्ध र विपदले मानवता संकटमा परेको र यस अनिश्चित संसारमा रेडक्रस स्वयम्सेवकले प्रदान गर्ने निःस्वार्थ सेवा मार्फत मानवताको दियो जोगाइ राख्न आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।

त्यसैगरी नेपाल रेडक्रस सोसाइटी म्याग्दीका सभापति अमर वानियाँले मानवीय सेवामा समर्पित नेपाल रेडक्रस सोसाइटीको म्याग्दी शाखाले संगठन विस्तार,विपद् व्यवस्थापन,रक्तसञ्चार सेवा,एम्बुलेन्स सेवा,जुनियर तथा युवा रेडक्रस परिचालन,आर्थिक स्रोत परिचालन,सामुदायिक जीविकोपार्जन प्रवद्र्धन कार्यक्रम लगाएतका परोपकारी तथा समुदायका आर्थिक विकाससँग समेत जोडिएका विभिन्न कार्यहरु गर्दै आएको बताउनुभयो ।

म्याग्दी रेडक्रसको यात्रा अनेक किसिमका सेवाहरुको इतिहासले भरिएको बताउँदै सभापति बानियाँले पीडित र असहायहरुको सेवा नै रेडक्रसको मुख्य उद्धेश्य हो भन्नुभयो । कार्यक्रममा रेडक्रस म्याग्दी शाखाका महामन्त्री यामबहादुर चोखालले वार्षिक प्रगति प्रतिवेदन, र कोषाध्यक्ष नवराज पौडेलले आर्थिक प्रतिवेदन तथा आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।

सोही अवसरमा म्याग्दी रेडक्रसको दरबाङ उपशाखाको भवन निर्माणका लागि निःशुल्क जग्गा उपलव्ध गराउनुहुने स्थानीय समाजसेवी शिवनारायण फगामीलाई विशेष सम्मान समेत गरिएको थियो । त्यस्तै जिल्लामा परोपकारी पत्रकारिता गर्दै आउनुभएका पत्रकार हरिकृष्ण गौतम लगाएत रेडक्रस म्याग्दीका विभिन्न उत्कृष्ट उपशाखा,उपशाखाका सभापति लगाएत,उत्कृष्ट पदाधिकारी लगाएतलाई सम्मान समेत गरिएको थियो ।

Related News

माओवादी घटक पार्टीहरुको ध्रुवीकरण, एकता र रुपान्तरणमा जोड
माओवादी घटक पार्टीहरुको ध्रुवीकरण, एकता र रुपान्तरणमा जोड
  • २०८१ बैशाख ३०, आईतवार ०२:२३

३० औं जनयुद्ध दिवसको अवसरमा म्याग्दीको बेनीमा बुधबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमका सहभागीहरुले समान विचार हुने दलहरुको ध्रुवीकरण, एकता र...

आठ सय वर्ष पुरानो गुफाभित्रको लुरी गुम्बा ओझेलमा
आठ सय वर्ष पुरानो गुफाभित्रको लुरी गुम्बा ओझेलमा
  • २०८१ बैशाख ३०, आईतवार ०२:२३

मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिका–४ मा पर्ने यारामा रहेको ऐतिहासिक महत्वको लुरी गुम्बा ओझेलमा परेको छ । धार्मिक, ऐतिहासिक महत्वका बारेमा प्रचारप्रसार...

पन्ध्र हजार परिचयपत्र कार्यालयमै थन्कियो
पन्ध्र हजार परिचयपत्र कार्यालयमै थन्कियो
  • २०८१ बैशाख ३०, आईतवार ०२:२३

बागलुङ, सेवाग्राही परिचयपत्र लिन नआएपछि जिल्ला प्रशासन कार्यालय बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय...

TOP