२०८३ श्रावण ८
July 24, 2026, Friday

अन्नपूर्णका व्यवसायीलाई कर सम्बन्धि अभिमुखीकरण

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कर सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा पालिकाका जनप्रतिनिधि, पालिका भित्रका होटल व्यवसायी, निर्माण व्यसायी, उपभोक्ता, आमा समुह युवा क्लबहरुलाई लक्षित गरेर कर सम्बन्धी जानकारी दिने उदेश्यले कार्यक्रम आयोजना गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले जानकारी दिनुभयो ।

पालिका संचालनमा रहेका अधिकांश खुक्रा व्यापारी, साना होटल व्यवसायीलाई कर सम्बन्धी जानकारी नहुदा कर नतिर्ने, व्यवसाय बिना दर्ता संचालन गर्ने गरेको बताउदै गाउँपालिका अध्यक्ष भारतकुमार पुनले कर तिरेका व्यवसायीले कर अनुसारको हामीले आउनुपर्ने सुविधा के कस्ता छन् भन्नेबार प्रस्ट हुन यस्ता कार्यक्रमहरु पालिकाले आयोजना गरेको बताउनुभयो ।

पालिका उपाध्यक्ष तथा राजश्व परामर्श समितिका संयोजक समेत रहुनुभएकी दिवा कुमारी पुन तिलिजाको अध्यक्षतामा भएको कार्यक्रममा करका बारेमा आन्तिरिक राजश्व कार्यालय बाग्लुङका कर अधिकृत मोहन प्रसाद आचार्यले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा जनप्रतिनिधि, होटल व्यवसायी, निर्माण व्यसायी, उपभोक्ता, आमा समुह युवा क्लबहरुको उपस्थिति रहेको थियो ।

Advertisement

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP