२०८३ जेष्ठ ११
May 25, 2026, Monday

१७ औं गणतन्त्र दिवस म्याग्दीमा मनाइयो

Advertisement

१७ औं गणतन्त्र दिवसको अवसरमा म्याग्दीमा विविधि कार्यक्रम गरी मनाइएको छ । गणतन्त्र दिवस मुल समारोह समितिको आयोजनामा मंगलबार सदरमुकाम बेनीबजारमा प्रभातफेरीको आयोजना गरिएको थियो । सदरमुकाम बेनीमा राजनीतिक दल, सरकारी निकाय तथा विभिन्न संघसंस्थाको सहभागितामा प्रभातफेरी कार्यक्रममा सहभागिता रहेको थियो ।

Advertisement

म्याग्दीमा यस वर्ष जेठ १४, १५ र १६ गते तीन दिनसम्म बृद्धबृद्धालाई भोजन, प्रभातफेरी,बिरेन्द्रचोकमा दीप प्रज्वलन, ४० बर्ष देखि माथिका उमेर समूहका लागि बेनी अस्पतालमा निःशुल्क आधारभूत आँखा जाँच शिविर लगायतका कार्यक्रमहरु तय गरिएको थियो ।

नेपाली जनताको आन्दोलन र परिवर्तनको आकांक्षासँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा राजनीतकि परिवर्तन मात्रै नभई हरेक जनताको आर्थिक, सामाजिक तथा सम्रग क्षेत्रमा परिवर्तन गरे मात्रै गणतन्त्र संस्थागत हुनेमा जोड दिइएको थियो। जिल्ला समन्वय समितिका प्रमुख एवम् मुल समारोह समितिका संयोजक राजकुमार थापाको अध्यक्षतामा कार्यक्रमहरु भइरहेको छ ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को सशस्त्र युद्ध र सात राजनीतिक दलको शान्तिपूर्ण आन्दोलनको जगमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नो प्रत्यक्ष शासन सत्तालाई जनतालाई फिर्ता गर्दै २०६३ वैशाख ११ गते तत्कालीन संसद् पुनःस्थापना गरेका थिए भने त्यसपछि गठित सरकारबाट भएको संविधानसभाको निर्वाचनबाट निर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते व्यवस्थापिका–संसद्बाट गणतन्त्र स्थापनाको घोषणा गरेको थियो।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०८१ जेष्ठ १५, मंगलवार ०६:१८

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०८१ जेष्ठ १५, मंगलवार ०६:१८

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०८१ जेष्ठ १५, मंगलवार ०६:१८

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP