२०८३ श्रावण ८
July 24, 2026, Friday

के वि एकेडेमीका विद्यार्थी तरकारी खेतीमा ः सामुदायिक पाखोमा वृक्षरोपण

ध्रुवसागर शर्मा
म्याग्दीको मालिका गाउँपालिका ६ दरबाङमा अवस्थित के वि एकेडेमीका विद्यार्थीहरुले विश्ववातावरण दिवसको अवसर पारेर विद्यालय नजिकको बारीमा तरकारी खेती सुरु गर्नुका साथै सामुदायिक पाखोमा वृक्ष रोपण गरेका छन् ।
विद्यार्थीहरुलाई किताबी ज्ञानका अतिरिक्त व्यवहारिक र सीपमूलक शिक्षा प्रदान गर्ने उद्धेश्यले कक्षा सातदेखि दशसम्मका विद्यार्थीहरुलाई एकसय जना विद्यार्थीहरुलाई सामुहिक तरकारी खेतीमा लगाइएको विद्यालयका प्रिन्सिपल बिमल शर्माले बताउनुभयो ।

Advertisement

“आज विश्व वातावरण दिवसको अवसर पारेर तरकारी खेतीको सुभारम्भ गरेका छौँ” प्रिन्सिपल शर्माले भन्नुभयो “यसलाई निरन्तरता दिँदै विद्यालयको खाली जग्गामा मौसमी तथा वेमौसमी तरकारी खेती गर्न विद्यार्थीलाई सिकाउने र तरकारी विक्रीबाट प्राप्त आम्दानी विद्यार्थीलाई नै दिने योजना बनाएका छौँ ।”

त्यसैगरी विश्व वातावरण दिवसको अवसर पारेर विद्यालय माथिको सामुदायिक पाखोमा वृक्षरोपण गरिएको छ ।
विद्यार्थी र शिक्षकहरुले मालिका देवी मन्दिर नजिकको सामुदायिक वन क्षेत्रमा विभिन्न प्रजातीका ५० ओटा विरुवाहरु रोपेका प्रिन्सिपल शर्माले जानकारी दिनुभयो ।

विद्यालयले अभिभावकहरुलाई प्रविधिसँग साक्षात्कार गराउने उद्धेश्यले प्रत्येक शुक्रवार अभिभावकहरुलाई कम्प्यूटर शिक्षा प्रदान गर्न लागेको पनि प्रिन्सिपल शर्माले बताउनुभयो । दैनिक पठनपाठनका अतिरिक्त विद्यार्थी,अभिभावक र समुदायलाई फाइदा पुग्ने विभिन्न कार्यक्रमहरु विद्यालयले आयोजना गर्ने गरेको विद्यालयका संचालक तथा प्रवन्ध निर्देशक हिरा पुनले बताउनुभयो ।

“हामीले अभिभावकहरुको स्वास्थ्योपचारका लागि दरबाङ पोलिक्लिनिकसँग सम्झौता गरी त्यहाँ उपचार र स्वास्थ्य जाँचका लागि जाने विद्यार्थी र अभिभावकलाई २० प्रतिशत छुटको व्यवस्था गरेका छौँ । अभिभावकलाई कम्प्यूट शिक्षाका लागि नयाँ कम्प्यूटर थप गरेर सुविधायुक्त कम्प्यूटर ल्यावको व्यवस्था गर्नुका साथै विद्यार्थीहरुलाई व्यवहारिक तथा व्यवसायिक शिक्षा प्रदान गर्ने उद्धेश्यले तरकारी खेती सम्वन्धि सीप सिकाउन पनि सुरु गरेका हौँ” संचालक÷निर्देशक पुनले भन्नुभयो ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP