२०८३ असार २
June 16, 2026, Tuesday

बेनीकाे कालीपुलमा बाढी पसेर ६ वटा पसलमा क्षति

ग्दीको सदरमुकाम बेनी बजारमा आज बाढी पसेर ६ वटा पसलमा क्षति पुगेको छ ।बेनी नगरपालिका–८ कालीपुलमा रहेका ६ वटा सवारी साधन बिक्री र मर्मत गर्ने पसलमा बाढी पस्दा रु. १ करोड को क्षति पुगेको अनुमान गरिएको छ । क्याम्पसचोकको पाखोबाट आएको बाढीले नाली बुझिएर सडकबाट बगेर आज बिहान पसलभित्र पसेको हो ।

Advertisement

बेनी नगरपालिका–८ का वडा अध्यक्ष उत्तम कर्माचार्यले ६ वटा सवारी साधन मर्मत र बिक्री गर्ने पसलमा बाढीले क्षति पु¥याएको जानकारी दिनुभयो । उहाँका अनुसार रु. ३५ लाख मूल्य बराबरको सवारी साधनको पाटपुर्जा भएको शुभलक्ष्मी मोटरपार्टस् र रु. ३५ लाख मुल्य बराबरको सामान भएको चाँदनी अटो मोवाईल्सभित्र बाढी पसेको छ ।

Advertisement

यसैगरी चुमन शाहको टायर बिक्री तथा मर्मत केन्द्र, अनिल शर्मा, राजश तामाङ र मनोहर गुप्ताको सवारी साधन मर्मत तथा पाटपुर्जा बिक्री गर्ने पसलमा पनि बाढी पसेर क्षति पुगेको वडा अध्यक्ष कर्माचार्यले बताउनुभयो । ४ वटा पसलमा ३० लाख मूल्य बराबरको सामान र उपकरण क्षति भएको छ ।

शुभलक्ष्मी मोटरपार्ट्सका सञ्चालक देवेन्द्र पौडेलले भलबाढीले २ वटा कोठामा रहेको पसलका सामान बगाउने र पुरेर क्षति गरेको बताउनुभयो । बाढीका कारण म्याग्दी भित्र्ने र बाहिरिने प्रमुख कालिपुलको नाकामा मंगलबार दिनभर सवारी साधन आवत जावत गर्न समस्या भएको थियो ।

बेनी नगरपालिकाले बाढी पन्छाउन डोजर परिचालन गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी, जनप्रतिनिधी, स्थानीयबासीहरुले बाढी पन्छाउने र पुरिएका सामान निकाल्न सघाएका छन् । बुझिएको नाली सफा गरेर खोल्सामा आउने पानी र बाढीलाई खोल्साबाटै बगाउने प्रयास गर्ने वडा अध्यक्ष कर्मचार्यले बताउनुभयो ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP