ग्दीको सदरमुकाम बेनी बजारमा आज बाढी पसेर ६ वटा पसलमा क्षति पुगेको छ ।बेनी नगरपालिका–८ कालीपुलमा रहेका ६ वटा सवारी साधन बिक्री र मर्मत गर्ने पसलमा बाढी पस्दा रु. १ करोड को क्षति पुगेको अनुमान गरिएको छ । क्याम्पसचोकको पाखोबाट आएको बाढीले नाली बुझिएर सडकबाट बगेर आज बिहान पसलभित्र पसेको हो ।
बेनी नगरपालिका–८ का वडा अध्यक्ष उत्तम कर्माचार्यले ६ वटा सवारी साधन मर्मत र बिक्री गर्ने पसलमा बाढीले क्षति पु¥याएको जानकारी दिनुभयो । उहाँका अनुसार रु. ३५ लाख मूल्य बराबरको सवारी साधनको पाटपुर्जा भएको शुभलक्ष्मी मोटरपार्टस् र रु. ३५ लाख मुल्य बराबरको सामान भएको चाँदनी अटो मोवाईल्सभित्र बाढी पसेको छ ।
यसैगरी चुमन शाहको टायर बिक्री तथा मर्मत केन्द्र, अनिल शर्मा, राजश तामाङ र मनोहर गुप्ताको सवारी साधन मर्मत तथा पाटपुर्जा बिक्री गर्ने पसलमा पनि बाढी पसेर क्षति पुगेको वडा अध्यक्ष कर्माचार्यले बताउनुभयो । ४ वटा पसलमा ३० लाख मूल्य बराबरको सामान र उपकरण क्षति भएको छ ।
शुभलक्ष्मी मोटरपार्ट्सका सञ्चालक देवेन्द्र पौडेलले भलबाढीले २ वटा कोठामा रहेको पसलका सामान बगाउने र पुरेर क्षति गरेको बताउनुभयो । बाढीका कारण म्याग्दी भित्र्ने र बाहिरिने प्रमुख कालिपुलको नाकामा मंगलबार दिनभर सवारी साधन आवत जावत गर्न समस्या भएको थियो ।
बेनी नगरपालिकाले बाढी पन्छाउन डोजर परिचालन गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी, जनप्रतिनिधी, स्थानीयबासीहरुले बाढी पन्छाउने र पुरिएका सामान निकाल्न सघाएका छन् । बुझिएको नाली सफा गरेर खोल्सामा आउने पानी र बाढीलाई खोल्साबाटै बगाउने प्रयास गर्ने वडा अध्यक्ष कर्मचार्यले बताउनुभयो ।
३० औं जनयुद्ध दिवसको अवसरमा म्याग्दीको बेनीमा बुधबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमका सहभागीहरुले समान विचार हुने दलहरुको ध्रुवीकरण, एकता र...
मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिका–४ मा पर्ने यारामा रहेको ऐतिहासिक महत्वको लुरी गुम्बा ओझेलमा परेको छ । धार्मिक, ऐतिहासिक महत्वका बारेमा प्रचारप्रसार...
बागलुङ, सेवाग्राही परिचयपत्र लिन नआएपछि जिल्ला प्रशासन कार्यालय बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय...