२०८३ असार २
June 16, 2026, Tuesday

म्याग्दीमा धान दिवस मनाइयो

म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गास्थित ठूलोखोलामा २१औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ। कृषि ज्ञान केन्द्र म्याग्दीको आयोजना, ठूलोखोला महिला कृषक समुहको ब्यवस्थापनमा धान दिवस र रोपाइँ महोत्सव मनाइएको हो ।

Advertisement

‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नारासहित धान उत्पादक किसानहरुको सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको दिवसमा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, बेनी नगरपालिकाकी उपमेयर ज्याति लामिछाने,जिल्ला समन्वय अधिकारी राजेन्द्रप्रसाद पोखरेल, राष्ट्रिय अनुसन्धानका प्रमुख सविन श्रेष्ठ,वडा नं ४ का वडा अध्यक्ष अणबहादुर खड्का लगायतको उपस्थिती रहेको थियो ।

Advertisement

कृषि पेशामा सक्रिय रहेकालाई लागत अनुसारको प्रतिफल दिने गरी रैथाने बिउको संरक्षण गदैं उन्नतजातका विउको प्रयोग गरी उत्पादन बढाउने गरी योजना बनाइएको बेनी नगरपालिकाकी उपमेयर ज्योति लामिछानेको भनाई छ ।

खाद्यान्न बालीमध्ये एक मानिने धानको उत्पादन बढाउन र किसानहरुलाई प्रोत्साहन तथा हौसला प्रदान गर्नको लागि नेपालमा २०६१ सालदेखि राष्ट्रिय धान दिवसको रुपमा असार १५ गतेको दिनलाई मनाउने गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जीव बास्तोला बताउँछन् ।

पछिल्लो समय गाउँघरमा गोरु पाल्ने प्रचलन हराउँदै जान थालेपछि किसानहरु मिनी टेलर हलो अर्थात् हाते ट्याक्टरप्रति आकर्षित भएका छन् । धान रोप्नको लागि अहिले देशैभर ट्याक्टरको प्रयोग बढ्दै गएको पाइन्छ ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP