२०८१ चैत्र ४
March 17, 2025, Monday

म्याग्दीमा धान दिवस मनाइयो

म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गास्थित ठूलोखोलामा २१औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ। कृषि ज्ञान केन्द्र म्याग्दीको आयोजना, ठूलोखोला महिला कृषक समुहको ब्यवस्थापनमा धान दिवस र रोपाइँ महोत्सव मनाइएको हो ।

Advertisement

‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नारासहित धान उत्पादक किसानहरुको सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको दिवसमा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, बेनी नगरपालिकाकी उपमेयर ज्याति लामिछाने,जिल्ला समन्वय अधिकारी राजेन्द्रप्रसाद पोखरेल, राष्ट्रिय अनुसन्धानका प्रमुख सविन श्रेष्ठ,वडा नं ४ का वडा अध्यक्ष अणबहादुर खड्का लगायतको उपस्थिती रहेको थियो ।

कृषि पेशामा सक्रिय रहेकालाई लागत अनुसारको प्रतिफल दिने गरी रैथाने बिउको संरक्षण गदैं उन्नतजातका विउको प्रयोग गरी उत्पादन बढाउने गरी योजना बनाइएको बेनी नगरपालिकाकी उपमेयर ज्योति लामिछानेको भनाई छ ।

खाद्यान्न बालीमध्ये एक मानिने धानको उत्पादन बढाउन र किसानहरुलाई प्रोत्साहन तथा हौसला प्रदान गर्नको लागि नेपालमा २०६१ सालदेखि राष्ट्रिय धान दिवसको रुपमा असार १५ गतेको दिनलाई मनाउने गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जीव बास्तोला बताउँछन् ।

पछिल्लो समय गाउँघरमा गोरु पाल्ने प्रचलन हराउँदै जान थालेपछि किसानहरु मिनी टेलर हलो अर्थात् हाते ट्याक्टरप्रति आकर्षित भएका छन् । धान रोप्नको लागि अहिले देशैभर ट्याक्टरको प्रयोग बढ्दै गएको पाइन्छ ।

Related News

बेनीमा थकाली समुदायको ‘तोरन्ल पर्व’ सुरु
बेनीमा थकाली समुदायको ‘तोरन्ल पर्व’ सुरु
  • २०८१ असार १५, शनिबार ११:२२

म्याग्दीमा बसोबास गर्दै आइरहेका थकाली समुदायले बुधबारदेखि तोरन्ल पर्व अर्थात् यस वर्षको ९फागु पूर्णिमा० मनाउन सुरु भएको छ । थकाली...

बेनी नगरपालिकाको सार्वजनिक सुनाई, स्थानीयले पोखे गुनासा
बेनी नगरपालिकाको सार्वजनिक सुनाई, स्थानीयले पोखे गुनासा
  • २०८१ असार १५, शनिबार ११:२२

अमित विश्वकर्माम्याग्दीको बेनी नगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ को दोस्रो चौमासिक समिक्षा तथा सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । बुधवार वडा...

केबि एकेडेमीका विद्यार्थीले आयोजना गरे प्रथम फुड मेला
केबि एकेडेमीका विद्यार्थीले आयोजना गरे प्रथम फुड मेला
  • २०८१ असार १५, शनिबार ११:२२

म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङ्कमा संचालनमा रहेको केबि एकेडेमीका विद्यार्थीले विभिन्न परिकारका सहित प्रथम केबि ए फुट मेला संचालन गरेका छन्...

TOP