२०८२ पुष १६
December 31, 2025, Wednesday

एक करोड २१ लाखमा यस्ताे बन्याे वडाको भवन

जिल्लाको रघुगङ्गा गाउँपालिका–५ झिँमा वडा कार्यालय भवन निर्माण भएको छ।

Advertisement

गाउँपालिकाले एक करोड २१ लाखको लागतमा दुई तले सभा हलसहितको भवन निर्माण गरेको हो। गत वर्ष ५० लाख लागतमा उपभोक्ता समितिमार्फत पाँच कोठे भवनको पहिलो तला ढलान भएको थियो। यस वर्ष तला थपेर निर्माणलाई पूर्णता दिइएको वडाध्यक्ष मनबहादुर शेरपुञ्जाले बताए।

Advertisement

भाँडाको घरमा सञ्चालित वडा कार्यालय केही दिनमै नयाँ भवनमा सर्ने तयारी भइरहेको उनले जनाए। भवनमा वडाध्यक्ष, सदस्य, सचिव, प्राविधिक र सहायता कक्ष रहेका छन्।

नयाँ भवन बनेपछि सेवा प्रवाह सहज हुने र भाँडाका लागि भइरहेको खर्च बचत हुने वडाध्यक्ष शेरपुञ्जाकाे भनाइ छ।

७१ लाख ६६ हजार चार सय १५ रुपैयाँमा गत चैतमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले एक सय २० जना क्षमताको सभाहल, रङ्गरोगन, विद्युत, पानी, फर्निचरलगायत कामलाई पूर्णता दिएको गाउँपालिकाको प्राविधिक शाखा प्रमुख कमल चोखालले जनाए।

भवन निर्माण गर्न ५९ लाख खर्चेर चार रोपनी जग्गा खरिद गरिएको थियो। भवन परिसरमा घेराबारसहितका पूर्वाधार निर्माण गर्न आगामी आर्थिक वर्ष २०८१/८२ मा २७ लाख बजेट विनियोजन भएको वडाध्यक्ष शेरपुञ्जाले जानकारी दिए।

आठ वटा वडा रहेको गाउँपालिकाले यसअघि मौवाफाँटमा वडा नं-६ र भगवतीमा-२ नम्बरका लागि भवन निर्माण गरेको थियो। वडा नं-७ को कार्यालय साविक चिमखोला गाविसको भवनबाट सञ्चालन भइरहेको छ। वडा नं-१ बेगखोला, वडा नं-३ पिप्ले, वडा नं-४ दग्नाम र वडा नं-८ कुइनेमङ्गलेको कार्यालय तत्कालीन गाविस, सामुदायिक विद्यालय भवनबाट सञ्चालित छन्।RSS

Related News

रास्वपाले बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूचीमा म्याग्दीका बोगटी
रास्वपाले बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूचीमा म्याग्दीका बोगटी
  • २०८१ असार २३, आईतवार १५:४०

म्याग्दी ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा पेस गरेको छ । पार्टीले मध्यराति प्रतिनिधिसभा सदस्य...

रघुगंगाको २० औँ गाउँसभा, बजेट संशोधन र अर्थबार्षिक समिक्षा
रघुगंगाको २० औँ गाउँसभा, बजेट संशोधन र अर्थबार्षिक समिक्षा
  • २०८१ असार २३, आईतवार १५:४०

म्याग्दीको रघुगंगा गाउँपालिकाले चालु आर्थिक बर्ष २०८२/०८३ का लागि छनौट भएका योजनाहरुमध्ये २ करोड ४९ लाख २० हजार रुपैयाँ बजेट...

बेनी नगरपालिकाले गर्यो विभिन्न क्षेत्रका ९ जनालाई सम्मान
बेनी नगरपालिकाले गर्यो विभिन्न क्षेत्रका ९ जनालाई सम्मान
  • २०८१ असार २३, आईतवार १५:४०

म्याग्दीको बेनी नगरपालिकाले १८ औं नगरसभामा विभिन्न क्षेत्रका गरेर नौं जनालाई सम्मान गरेको छ । नगरसभाको अवसरमा तोकिएको समयमै काम...

TOP