२०८२ असार १८
July 2, 2025, Wednesday

एक करोड २१ लाखमा यस्ताे बन्याे वडाको भवन

जिल्लाको रघुगङ्गा गाउँपालिका–५ झिँमा वडा कार्यालय भवन निर्माण भएको छ।

Advertisement

गाउँपालिकाले एक करोड २१ लाखको लागतमा दुई तले सभा हलसहितको भवन निर्माण गरेको हो। गत वर्ष ५० लाख लागतमा उपभोक्ता समितिमार्फत पाँच कोठे भवनको पहिलो तला ढलान भएको थियो। यस वर्ष तला थपेर निर्माणलाई पूर्णता दिइएको वडाध्यक्ष मनबहादुर शेरपुञ्जाले बताए।

Advertisement

भाँडाको घरमा सञ्चालित वडा कार्यालय केही दिनमै नयाँ भवनमा सर्ने तयारी भइरहेको उनले जनाए। भवनमा वडाध्यक्ष, सदस्य, सचिव, प्राविधिक र सहायता कक्ष रहेका छन्।

नयाँ भवन बनेपछि सेवा प्रवाह सहज हुने र भाँडाका लागि भइरहेको खर्च बचत हुने वडाध्यक्ष शेरपुञ्जाकाे भनाइ छ।

७१ लाख ६६ हजार चार सय १५ रुपैयाँमा गत चैतमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले एक सय २० जना क्षमताको सभाहल, रङ्गरोगन, विद्युत, पानी, फर्निचरलगायत कामलाई पूर्णता दिएको गाउँपालिकाको प्राविधिक शाखा प्रमुख कमल चोखालले जनाए।

भवन निर्माण गर्न ५९ लाख खर्चेर चार रोपनी जग्गा खरिद गरिएको थियो। भवन परिसरमा घेराबारसहितका पूर्वाधार निर्माण गर्न आगामी आर्थिक वर्ष २०८१/८२ मा २७ लाख बजेट विनियोजन भएको वडाध्यक्ष शेरपुञ्जाले जानकारी दिए।

आठ वटा वडा रहेको गाउँपालिकाले यसअघि मौवाफाँटमा वडा नं-६ र भगवतीमा-२ नम्बरका लागि भवन निर्माण गरेको थियो। वडा नं-७ को कार्यालय साविक चिमखोला गाविसको भवनबाट सञ्चालन भइरहेको छ। वडा नं-१ बेगखोला, वडा नं-३ पिप्ले, वडा नं-४ दग्नाम र वडा नं-८ कुइनेमङ्गलेको कार्यालय तत्कालीन गाविस, सामुदायिक विद्यालय भवनबाट सञ्चालित छन्।RSS

Related News

पत्रकार तथा सञ्चारकर्मीलाई लैङ्गिकमैत्री आधारभूत पत्रकारिता तालिम
पत्रकार तथा सञ्चारकर्मीलाई लैङ्गिकमैत्री आधारभूत पत्रकारिता तालिम
  • २०८१ असार २३, आईतवार १५:४०

‘लैङ्गिक संवेदनशीलता ः जिम्मेवार पत्रकारिताको मूल आधार’ भन्ने मूल नारासहित लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिम मङ्गलवार म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न...

जलजलाका शिक्षकहरुलाई आईसिटी तालिम
जलजलाका शिक्षकहरुलाई आईसिटी तालिम
  • २०८१ असार २३, आईतवार १५:४०

पर्वतको जलजला गाउँपालिका भित्रका आधारभूत तथा प्रा.वि.का शिक्षकहरुलाई पाँच दिने आईसिटी तालिम सुरु भएको छ ।विद्यालयहरुलाई प्रविधिमैत्रि बनाउन आधारभूत तहका...

एसइईमा उत्कृष्ट जिपिए ल्याउने अन्नपूर्णका विद्यार्थीलाई नगद सहित सम्मान
एसइईमा उत्कृष्ट जिपिए ल्याउने अन्नपूर्णका विद्यार्थीलाई नगद सहित सम्मान
  • २०८१ असार २३, आईतवार १५:४०

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले यस राष्ट्रिय परीक्षा बोर्डले लिएको वर्षको माध्यमिक शिक्षा परीक्षा(एसइई) मा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थीहरुलाई नगद...

TOP