२०८३ बैशाख २२
May 5, 2026, Tuesday

म्याग्दीको ताकममा पहिरोले एक दम्पत्तीको मृत्यु

म्याग्दीको धवलागिरी गाउँपालिका–७,ताकममा शुक्रबार बिहान पहिरोले घर पुरिँदा एक दम्पत्तीको मृत्यु भएको छ । ताकमको आरखोलामा गयराती घर माथिबाट खसेको पहिरोमा पुरिएर ६५ वर्षिय तुलप्रसाद न्यौपाने र उहाँकी श्रीमती ४९ वर्षिया बालकुमारी न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकाकारी प्रहरी निरिक्षक राजन रायमाझीले जानकारी दिनुभयो ।


आवार खोलामा मृतक न्यौपाने दम्पत्तीको एक्लो घर थियो । घटनास्थलमा ताकम प्रहरीचौकीका प्रहरी, स्थानीयबासी, जनप्रतिनिधि सहितको टोली पुगेको छ ।

मृतक न्यौपानको मुल घरमा क्षती नभएपछि नजिकै रहेको अर्को सत्ने कोठीमा पहिरोले पुरिएको थियो । गएराति म्याग्दीमा भिषण बर्षा भइरहेको छ । म्याग्दी, राहुघाट र कालीगण्डकी नदीमा पानीको सतह बढेको छ ।

Advertisement

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०८१ असार २८, शुक्रबार ०२:०४

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०८१ असार २८, शुक्रबार ०२:०४

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०८१ असार २८, शुक्रबार ०२:०४

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP