म्याग्दीको धवलागिरी गाउँपालिका–७,ताकममा शुक्रबार बिहान पहिरोले घर पुरिँदा एक दम्पत्तीको मृत्यु भएको छ । ताकमको आरखोलामा गयराती घर माथिबाट खसेको पहिरोमा पुरिएर ६५ वर्षिय तुलप्रसाद न्यौपाने र उहाँकी श्रीमती ४९ वर्षिया बालकुमारी न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकाकारी प्रहरी निरिक्षक राजन रायमाझीले जानकारी दिनुभयो ।
आवार खोलामा मृतक न्यौपाने दम्पत्तीको एक्लो घर थियो । घटनास्थलमा ताकम प्रहरीचौकीका प्रहरी, स्थानीयबासी, जनप्रतिनिधि सहितको टोली पुगेको छ ।
मृतक न्यौपानको मुल घरमा क्षती नभएपछि नजिकै रहेको अर्को सत्ने कोठीमा पहिरोले पुरिएको थियो । गएराति म्याग्दीमा भिषण बर्षा भइरहेको छ । म्याग्दी, राहुघाट र कालीगण्डकी नदीमा पानीको सतह बढेको छ ।
। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...
म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...
म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...