२०८३ असार २९
July 13, 2026, Monday

पहिलो साउने सोमबार गलेश्वरमा भक्तजनको भिड

म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा साउनको पहिलो सोमबार बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ। गलेश्वर मन्दिरमा दर्शनका लागि बिहानदेखि नै दर्शनार्थीहरुको भिड लागेको छ। साउन महिनाको सोमबार भगवान् शिवको पूजाआराधाना गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ ।

गाउँघरमा रोपाइको चटारो भएको र बाढीपहिरोका कारण सडक अवरुद्ध हुदाँ समेत भक्तजनहरु बिहानै मन्दिरमा दर्शन गर्न आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्षमा माधवप्रसाद रेग्मीको भनाई छ ।

बिहानैदेखि भक्तजनको आगमन बढेको र व्यवस्थित तवरले पूजा र दर्शन गर्ने प्रबन्ध मिलाइएको छ । मन्दिरमा गलेश्वर आमा समुह, सामुदायिक प्रहरी सेवा केन्द्र, न्यू वेष्ट पोइन्ट आवासीय मावि, नेपाल प्रहरी सहित विभिन्न संघसंस्थाले स्वयंमसेवकको भूमिका निर्वाह गरेका छन् ।

पूजापाठ र मन्दिरमा दर्शन गर्न भक्तजनलाई व्यवस्थापन गर्न विभिन्न २३ वटा उपसमिति गठन गरिएको छ । हरियो चुरा, हरियो तथा पहेलो वस्त्रमा सजिएका विवाहीत महिला पारिवारिक सुख र अविवाहीत राम्रो बर पाइयोस् भन्ने कामनासहित साउनको सोमबार शिवालयमा पुगेर पूजा गरी व्रत बस्ने चलन रहेको छ ।

गलेश्वर शिवालयको दर्शन तथा पूजापाठका साथै १०८ शिवलिङ्मा कालीगण्डकी नदीको जल अर्पण गरेमा पारिवारिक सुख, शान्ति र ऐश्वर्य प्राप्ति हुने धार्मिक विश्वास रहेको छ ।हिन्दू धर्मग्रन्थमा सतीदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको छ ।

मन्दिरमा धौलागिरी अञ्चलका चार जिल्लाहरु म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वतका साथै देशका विभिन्न जिल्लाबाट दर्शनका लागि भक्तजन पुगेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सचिव बलबहादुर खत्रीको भनाई छ । गलेश्वर शिवालय मन्दिरमा पहिलो सोमबार कबिर २० हजारभन्दा बढीले दर्शन गर्ने अनुमान गरिएको छ ।

पवित्र कालीगण्डकी नदीबाट उठेर ९ रोपनी क्षेत्रफलको एउटै चक्रशिलामा अवस्थित मन्दिर सत्ययुगमा सतीदेवीको गलापतन भएर गलेश्वर नाम रहन गएको विभिन्न धार्मिक ग्रन्थ तथा पुराणहरुमा उल्लेख गरिएको पाइन्छ।

प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारका रुपमा रहेको गलेश्वर मन्दिर पछिल्लो समय धार्मिक पर्यटनको केन्द्रविन्दु बन्दै जान थालेको छ। गलेश्वरमा नेपालको विभिन्न जिल्लाका साथै भारतसहित तेस्रो मुलुकबाट पनि भक्तजनहरु मन्दिर दर्शन गर्न आउने गरेका छन्। मन्दिरभित्र शिव लगायतका भगवान्हरुको मूर्तिहरु राखिएको छ। तस्विर किरन कार्की

Related News

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
  • २०८३ असार १४, आईतवार १६:१८

राकेश शर्मा म्याग्दीमा एउटा उखान प्रचलित छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ यो भनाइले धवलागिरि गाउँपालिका–१...

लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
  • २०८३ असार १२, शुक्रबार ०३:२९

तालिम मार्फत आत्मर्निभर बनाउदै पालिका म्याग्दीको मंगला गाउँपालिकाले सञ्चालन गरेको लघुउद्यम विकास कार्यक्रमले स्थानीयलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेको छ...

TOP