२०८२ बैशाख २९
May 12, 2025, Monday

पहिलो साउने सोमबार गलेश्वरमा भक्तजनको भिड

म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा साउनको पहिलो सोमबार बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ। गलेश्वर मन्दिरमा दर्शनका लागि बिहानदेखि नै दर्शनार्थीहरुको भिड लागेको छ। साउन महिनाको सोमबार भगवान् शिवको पूजाआराधाना गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ ।

Advertisement

गाउँघरमा रोपाइको चटारो भएको र बाढीपहिरोका कारण सडक अवरुद्ध हुदाँ समेत भक्तजनहरु बिहानै मन्दिरमा दर्शन गर्न आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्षमा माधवप्रसाद रेग्मीको भनाई छ ।

Advertisement

बिहानैदेखि भक्तजनको आगमन बढेको र व्यवस्थित तवरले पूजा र दर्शन गर्ने प्रबन्ध मिलाइएको छ । मन्दिरमा गलेश्वर आमा समुह, सामुदायिक प्रहरी सेवा केन्द्र, न्यू वेष्ट पोइन्ट आवासीय मावि, नेपाल प्रहरी सहित विभिन्न संघसंस्थाले स्वयंमसेवकको भूमिका निर्वाह गरेका छन् ।

पूजापाठ र मन्दिरमा दर्शन गर्न भक्तजनलाई व्यवस्थापन गर्न विभिन्न २३ वटा उपसमिति गठन गरिएको छ । हरियो चुरा, हरियो तथा पहेलो वस्त्रमा सजिएका विवाहीत महिला पारिवारिक सुख र अविवाहीत राम्रो बर पाइयोस् भन्ने कामनासहित साउनको सोमबार शिवालयमा पुगेर पूजा गरी व्रत बस्ने चलन रहेको छ ।

गलेश्वर शिवालयको दर्शन तथा पूजापाठका साथै १०८ शिवलिङ्मा कालीगण्डकी नदीको जल अर्पण गरेमा पारिवारिक सुख, शान्ति र ऐश्वर्य प्राप्ति हुने धार्मिक विश्वास रहेको छ ।हिन्दू धर्मग्रन्थमा सतीदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको छ ।

मन्दिरमा धौलागिरी अञ्चलका चार जिल्लाहरु म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वतका साथै देशका विभिन्न जिल्लाबाट दर्शनका लागि भक्तजन पुगेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सचिव बलबहादुर खत्रीको भनाई छ । गलेश्वर शिवालय मन्दिरमा पहिलो सोमबार कबिर २० हजारभन्दा बढीले दर्शन गर्ने अनुमान गरिएको छ ।

पवित्र कालीगण्डकी नदीबाट उठेर ९ रोपनी क्षेत्रफलको एउटै चक्रशिलामा अवस्थित मन्दिर सत्ययुगमा सतीदेवीको गलापतन भएर गलेश्वर नाम रहन गएको विभिन्न धार्मिक ग्रन्थ तथा पुराणहरुमा उल्लेख गरिएको पाइन्छ।

प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारका रुपमा रहेको गलेश्वर मन्दिर पछिल्लो समय धार्मिक पर्यटनको केन्द्रविन्दु बन्दै जान थालेको छ। गलेश्वरमा नेपालको विभिन्न जिल्लाका साथै भारतसहित तेस्रो मुलुकबाट पनि भक्तजनहरु मन्दिर दर्शन गर्न आउने गरेका छन्। मन्दिरभित्र शिव लगायतका भगवान्हरुको मूर्तिहरु राखिएको छ। तस्विर किरन कार्की

Related News

जलजलाका उत्कृष्ट चालिस उद्यमीलाई सम्मान
जलजलाका उत्कृष्ट चालिस उद्यमीलाई सम्मान
  • २०८१ श्रावण ७, सोमबार १४:२५

पर्वतको जलजला गाउँपालिकामा उत्कृष्ट चालिस जना उद्यमीलाई सम्मान गरिएको छ । गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय, जलजला गाउँपालिका...

निःशुल्क आँखा चेकजाँच तथा मोतियाविन्दुको शल्यक्रिया शिविर बिरामीहरुको घुइँचो
निःशुल्क आँखा चेकजाँच तथा मोतियाविन्दुको शल्यक्रिया शिविर बिरामीहरुको घुइँचो
  • २०८१ श्रावण ७, सोमबार १४:२५

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङमा निःशुल्क आँखा शिविर तथा मोतियाविन्दुको शल्यक्रिया शिविर सुरु भएको छ । मालिका गाउँपालिका, पश्चिम नेपाल...

झिँको वडा कार्यालय भवन उद्घाटन (फोटोफिचर)
झिँको वडा कार्यालय भवन उद्घाटन (फोटोफिचर)
  • २०८१ श्रावण ७, सोमबार १४:२५

 म्याग्दीको रघुगंगा गाउँपालिका–५,झिँको नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गरिएको छ । संघ ,स्थानीय सरकार र स्थानीयबासीको संयुक्त रुपमा करिब दुई...

TOP