२०८३ असार २
June 16, 2026, Tuesday

बेनी बजार क्षेत्रका सार्वजनिक स्थानमा सरसफाई

संविधान दिवस–२०८१ को अवसरमा बेनी बजार क्षेत्रका सार्वजनिक स्थानमा सरसफाई गरिएको छ ।
जिल्ला समन्वय समितिको आयोजना र म्याग्दी उद्योग वाणिज्य संघको व्यवस्थापनमा बेनीको कालीपुल बसपार्क देखि म्याग्दी र कालीगण्डकीको दोभान हुदै दरवाङ बसपार्कसम्म सरसफाई गरिएको हो ।

Advertisement

जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले बसपार्क र कालीगण्डकी तथा म्याग्दी नदी किनार आसपासका ठाउँमा फालिएका फोहोर संकलन र व्यवस्थापन गरिएको जानकारी दिनुभयो ।
“डेङ्गुको जोखिम पनि रहेकाले सचेतनाका लागि फोहोर व्यवस्थापनसँगै झाडी पनि हटाइएको छ,” उहाँले भन्नुभयो “सरसफाईप्रति समुदायलाई सचेत बनाउन सांकेतिक रुपमा कार्यक्रम गरिएको हो ।”

Advertisement

नदी किनार र सडक छेउमा धेरै फोहोर भेटिएको ठाउँ नजिकका घर धनीलाई सम्बन्धीत वडा कार्यालय मार्फत ब्यवस्थापनका लागि ताकेता गर्न निर्देशन दिएको जिसस प्रमुख थापाले बताउनुभयो ।
जनप्रतिनिधी, कर्मचारी, सुरक्षाकर्मी, उद्योगी, ब्यवसायी, संघ संस्थाका प्रतिनिधीहरुको सहभागितामा सरसफाई गरिएको थियो । म्याग्दीमा बुधबार, बिहिबार र शुक्रबार तीन दिन विभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाउने कार्यक्रम तय भएको छ ।

सार्वजनिक स्थान तथा सरकारी कार्यालय सरसफाई र साँझ कार्यालयहरुमा दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ । बिहिबार बिहान बेनी बजारमा ¥यालीको आयोजना गरिएको छ । वि.स. २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको दिनको सम्झनामा हर्षोल्लासका साथ दिवस मनाउन लागिएको हो ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP