२०८१ माघ ५
January 18, 2025, Saturday

बेनी बजार क्षेत्रका सार्वजनिक स्थानमा सरसफाई

संविधान दिवस–२०८१ को अवसरमा बेनी बजार क्षेत्रका सार्वजनिक स्थानमा सरसफाई गरिएको छ ।
जिल्ला समन्वय समितिको आयोजना र म्याग्दी उद्योग वाणिज्य संघको व्यवस्थापनमा बेनीको कालीपुल बसपार्क देखि म्याग्दी र कालीगण्डकीको दोभान हुदै दरवाङ बसपार्कसम्म सरसफाई गरिएको हो ।

Advertisement

जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले बसपार्क र कालीगण्डकी तथा म्याग्दी नदी किनार आसपासका ठाउँमा फालिएका फोहोर संकलन र व्यवस्थापन गरिएको जानकारी दिनुभयो ।
“डेङ्गुको जोखिम पनि रहेकाले सचेतनाका लागि फोहोर व्यवस्थापनसँगै झाडी पनि हटाइएको छ,” उहाँले भन्नुभयो “सरसफाईप्रति समुदायलाई सचेत बनाउन सांकेतिक रुपमा कार्यक्रम गरिएको हो ।”

नदी किनार र सडक छेउमा धेरै फोहोर भेटिएको ठाउँ नजिकका घर धनीलाई सम्बन्धीत वडा कार्यालय मार्फत ब्यवस्थापनका लागि ताकेता गर्न निर्देशन दिएको जिसस प्रमुख थापाले बताउनुभयो ।
जनप्रतिनिधी, कर्मचारी, सुरक्षाकर्मी, उद्योगी, ब्यवसायी, संघ संस्थाका प्रतिनिधीहरुको सहभागितामा सरसफाई गरिएको थियो । म्याग्दीमा बुधबार, बिहिबार र शुक्रबार तीन दिन विभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाउने कार्यक्रम तय भएको छ ।

सार्वजनिक स्थान तथा सरकारी कार्यालय सरसफाई र साँझ कार्यालयहरुमा दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ । बिहिबार बिहान बेनी बजारमा ¥यालीको आयोजना गरिएको छ । वि.स. २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको दिनको सम्झनामा हर्षोल्लासका साथ दिवस मनाउन लागिएको हो ।

Related News

पुख्यौली नाच प्रतियोगितामा मुना बिजयी
पुख्यौली नाच प्रतियोगितामा मुना बिजयी
  • २०८१ आश्विन २, बुधबार ११:०५

म्याग्दीकोे लोपउन्मुख मौलिक पुख्यौली नाच प्रतियोगितामा धवलागिरी गाउँपालिका(३, मुना पुख्यौली समूह बिजेता बनेको छ । सदरमुकाम बेनीमा जारी आठौं म्याग्दी...

अधिकृत बिक्रेता संघको स्थापना दिवसमा खेलकुद र शैक्षिक सामग्री वितरण
अधिकृत बिक्रेता संघको स्थापना दिवसमा खेलकुद र शैक्षिक सामग्री वितरण
  • २०८१ आश्विन २, बुधबार ११:०५

धौलागिरि अधिकृत बिक्रेता संघले बागलुङको जैमिनी नगरपालिका–१ मा रहेको सरस्वति आधारभूत विद्यालयमा खेलकुद र शैक्षिक सामग्री वितरण गरेको छ ।...

म्याग्दीमा १०औं राष्ट्रिय योग दिवस मनाइयो
म्याग्दीमा १०औं राष्ट्रिय योग दिवस मनाइयो
  • २०८१ आश्विन २, बुधबार ११:०५

‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने मूल नारासहित म्याग्दीमा मङ्गलवार १०औं राष्ट्रिय योग दिवस–२०८१ मनाइएको छ...

TOP