२०८३ श्रावण ८
July 24, 2026, Friday

काला पत्थरमा भिडियोग्राफी गरेर बागलुङका सोनमले बनाए विश्व कीर्तिमान

किरण कार्की बागलुङका सोनम केसीले अग्लो उचाइमा भिडियोग्राफर गरेबापत गिनिज बुकमा रेकर्डको प्रमाणपत्र प्राप्त गरेका छन् । नेपाली नृत्यकारहरुको समुह ‘वाइल्ड रिपर्ज क्रु’ का सुरेन्द्र राई तथा सुसन तामाङले १९ मे, २०२४ अर्थात ६ जेठ २०८१ मा नेपालको सोलुखुम्बुस्थित काला पत्थरमा भिडियोग्राफी गरेबापत प्रमाणपत्र पाएका हुन् ।

Advertisement

काला पत्थर ५६४४.५ मिटर ९१८,५१९ फिट अग्लो छ । सुरेन्द्र र सुसनले ५,४४१ मिटर (१७,८५१ फिट) मा रेकर्ड बनाउने क्रममा बागलुङका दि गोल्ड स्टुडियोका सञ्चालक समेत रहेका केसी र उमेश सापकोटाले भिडियोग्राफी र फोटोग्राफीमा सौगात कार्कीले साथ दिएका थिए ।

‘मेरो मेहनतको सबैभन्दा ठूलो सफलताको रुपमा लिएको छु, आगामी दिनमा झनै राम्रो गर्ने उर्जा मिलेको छ’ केसीले बेनीअनलाइनलाई भने । जोखिमपूर्ण स्थानमा भिडियो छांयाङ्कनको अवसरसँगै यो सफलताले आनन्द महसुस भएको उनको भनाई छ ।

सुन्दर नगरी बागलुङ बजारमा स्टुडियो संचालन गरी म्यूजिक भिडियो, बिबाह ब्रतबन्ध विभिन्न कार्यक्रमहरुको भिडियो छांयाङ्कन गर्ने गरेका छन् । उनले गिनिज बुकमा रेकर्ड गराई प्रमाणपत्र प्राप्त गरेपछि परिवारमा समेत खुसीयाली छाएको छ ।

नेपाली नृत्यकारहरुको समुह ‘वाइल्ड रिपर्ज क्रु’ का सुरेन्द्र तथा सुसनले नेपाललाई प्रतिनिधित्व गरेका यो जोडीले जमिनबाट सबैभन्दा अग्लो स्थानमा डान्स कोरियोग्राफी गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा रेकर्ड बनाएपछि सर्वत्र चर्चा छ ।

उक्त स्थानमा प्रस्तुत गरेको गीतको बोल थियो ‘मन मगन’ जुन साढे दुई मिनेट लामो छ । सुसन र सुरेन्द्रको यो प्रयासलाई रंग दिन अन्य सहयोगी हातहरु पनि उनीहरुसंगै काला पत्थर पुगेका थिए ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP