२०८१ फाल्गुन ३
February 15, 2025, Saturday

काला पत्थरमा भिडियोग्राफी गरेर बागलुङका सोनमले बनाए विश्व कीर्तिमान

किरण कार्की बागलुङका सोनम केसीले अग्लो उचाइमा भिडियोग्राफर गरेबापत गिनिज बुकमा रेकर्डको प्रमाणपत्र प्राप्त गरेका छन् । नेपाली नृत्यकारहरुको समुह ‘वाइल्ड रिपर्ज क्रु’ का सुरेन्द्र राई तथा सुसन तामाङले १९ मे, २०२४ अर्थात ६ जेठ २०८१ मा नेपालको सोलुखुम्बुस्थित काला पत्थरमा भिडियोग्राफी गरेबापत प्रमाणपत्र पाएका हुन् ।

Advertisement

काला पत्थर ५६४४.५ मिटर ९१८,५१९ फिट अग्लो छ । सुरेन्द्र र सुसनले ५,४४१ मिटर (१७,८५१ फिट) मा रेकर्ड बनाउने क्रममा बागलुङका दि गोल्ड स्टुडियोका सञ्चालक समेत रहेका केसी र उमेश सापकोटाले भिडियोग्राफी र फोटोग्राफीमा सौगात कार्कीले साथ दिएका थिए ।

‘मेरो मेहनतको सबैभन्दा ठूलो सफलताको रुपमा लिएको छु, आगामी दिनमा झनै राम्रो गर्ने उर्जा मिलेको छ’ केसीले बेनीअनलाइनलाई भने । जोखिमपूर्ण स्थानमा भिडियो छांयाङ्कनको अवसरसँगै यो सफलताले आनन्द महसुस भएको उनको भनाई छ ।

सुन्दर नगरी बागलुङ बजारमा स्टुडियो संचालन गरी म्यूजिक भिडियो, बिबाह ब्रतबन्ध विभिन्न कार्यक्रमहरुको भिडियो छांयाङ्कन गर्ने गरेका छन् । उनले गिनिज बुकमा रेकर्ड गराई प्रमाणपत्र प्राप्त गरेपछि परिवारमा समेत खुसीयाली छाएको छ ।

नेपाली नृत्यकारहरुको समुह ‘वाइल्ड रिपर्ज क्रु’ का सुरेन्द्र तथा सुसनले नेपाललाई प्रतिनिधित्व गरेका यो जोडीले जमिनबाट सबैभन्दा अग्लो स्थानमा डान्स कोरियोग्राफी गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा रेकर्ड बनाएपछि सर्वत्र चर्चा छ ।

उक्त स्थानमा प्रस्तुत गरेको गीतको बोल थियो ‘मन मगन’ जुन साढे दुई मिनेट लामो छ । सुसन र सुरेन्द्रको यो प्रयासलाई रंग दिन अन्य सहयोगी हातहरु पनि उनीहरुसंगै काला पत्थर पुगेका थिए ।

Related News

माओवादी घटक पार्टीहरुको ध्रुवीकरण, एकता र रुपान्तरणमा जोड
माओवादी घटक पार्टीहरुको ध्रुवीकरण, एकता र रुपान्तरणमा जोड
  • २०८१ आश्विन ४, शुक्रबार ०३:३४

३० औं जनयुद्ध दिवसको अवसरमा म्याग्दीको बेनीमा बुधबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमका सहभागीहरुले समान विचार हुने दलहरुको ध्रुवीकरण, एकता र...

आठ सय वर्ष पुरानो गुफाभित्रको लुरी गुम्बा ओझेलमा
आठ सय वर्ष पुरानो गुफाभित्रको लुरी गुम्बा ओझेलमा
  • २०८१ आश्विन ४, शुक्रबार ०३:३४

मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिका–४ मा पर्ने यारामा रहेको ऐतिहासिक महत्वको लुरी गुम्बा ओझेलमा परेको छ । धार्मिक, ऐतिहासिक महत्वका बारेमा प्रचारप्रसार...

पन्ध्र हजार परिचयपत्र कार्यालयमै थन्कियो
पन्ध्र हजार परिचयपत्र कार्यालयमै थन्कियो
  • २०८१ आश्विन ४, शुक्रबार ०३:३४

बागलुङ, सेवाग्राही परिचयपत्र लिन नआएपछि जिल्ला प्रशासन कार्यालय बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय...

TOP