२०८३ असार २
June 16, 2026, Tuesday

पर्यटन दिवसमा पत्रकार र पर्यटन अभियन्ता सम्मानित

जिल्लाको पर्यटन क्षेत्रमा योगदान पुर्‍याउने पर्यटन अभियन्ता र पत्रकारलाई सम्मान गरिएको छ । ४५ औं विश्व पर्यटन दिवसका अवसरमा पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले शुक्रबार बेनीमा आयोजना गरेको कार्यक्रममा पर्यटन अभियन्ता तथा व्यावसायी तेजबहादुर गुरुङ र पर्यटकीय स्थलहरुको प्रचारप्रसारमा योगदान पुर्‍याएकाे भन्दै पत्रकार घनश्याम खड्का र सन्तोष गौतमलाई सम्मान गरिएको हो । 

Advertisement

गण्डकी प्रदेश सभा सदस्य विमला गौचन, जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा र पर्यटन तथा उद्योग कार्यालय म्याग्दीका प्रमुख पोषनाथ शर्माले उहाँहरूलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गर्नुभएको हो ।  

Advertisement

अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ निवासी गुरुङ समुद्री सतहदेखि ८०९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरमा पर्यटकीय सम्भावनाको खोजी र प्रवर्धनमा विगत एक दशक अघिदेखि निरन्तर रुपमा क्रियाशील हुनुहुन्छ । 

मौरिस हर्जोग पदमार्गको पहिचान,पूर्वाधार निर्माण र यस क्षेत्रको पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्‍याएकाले उहाँलाई सम्मान गरिएको पर्यटन तथा उद्योग कार्यालय म्याग्दीका प्रमुख शर्माले बताउनुभयो । साथै जिल्लाको पर्यटन क्षेत्रलाई पत्रकारिताको माध्यमबाट प्रचारप्रसारमा टेवा पुर्‍याउनुहुने सञ्चारकर्मीलाई पनि सम्मान गरिएको उहाँले जानकारी दिनुभयो । 

सम्मान कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य विमला गौचनले जिल्लामा भएका पर्यटकीय स्थलहरुको प्रचारप्रसार र भौतिक पूर्वाधार निर्माण गरेमा पर्यटक भित्र्याउन सकिने विचार व्यक्त गर्नुभयो । सङ्घीयतापछि स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले पर्यटन क्षेत्रको विकासका लागि प्राथमिकतामा राखेर पूर्वाधार निर्माण र प्रवर्धनमूलक कार्यक्रमहरु अघि सारेको उहाँको भनाइ थियो । 

कार्यक्रममा बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछाने, बेनी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष उत्तमकुमार कर्माचार्य, म्याग्दी उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष राजेश शाक्य र पर्यटन अभियन्ता अमर बानियाँले जिल्लाको पर्यटन क्षेत्रको सम्भावना,चुनौती र समस्याका बारेमा विचार व्यक्त गर्नुभएको थियो ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP