२०८३ असार १
June 15, 2026, Monday

सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म म्याग्दीको मनायो छैठौ स्थापना दिवस

म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा रहेको सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्मको शुक्रबार छैटौ वार्षिकोत्सव मनाइएको छ ।

Advertisement

वार्षिकोत्सवको अवसरमा जवानहरुको मेस भवन उद्घाटन, पुरस्कार वितरण र शहिद परिवारलाई सम्मान गरिएको थियो । सशस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालयका बाहिनीपति प्रहरी नायव महानिरीक्षक कुलबहादुर नेम्वाङले कार्यक्रम र मेस भवन उद्घाटन गर्नुभएको हो ।

Advertisement

वि.स. २०५९ पुष १९ गते दाङको कुशुममा कर्तब्य पालनाको शिलशिलामा साहदत प्राप्त गरेका बेनी नगरपालिका–३ तोराखेतका प्रहरी वरिष्ठ हवल्दार स्व. नरबहादुर खत्रीका आमा जसमति खत्री र धवलागिरी गाउँपालिका–२ खोरीयाका शसस्त्र प्रहरी हवल्दार स्व. बलविर पुर्जाकी आमा निर्मला (नरिमा)लाई शसस्त्र प्रहरी नायव महानिरीक्षक नेम्वाङले दोसल्लो ओढाएर सम्मान गर्नुभएको थियो ।

वार्षिकोत्सवको अवसरमा विपद् व्यवस्थापन वेश नारच्याङका सशस्त्र प्रहरी कर्मचारीहरुबीच भएको दुई माईल दौड प्रतियोगितामा बिजयी भएका डम्मर शाही र हतियार ह्याण्डलीङ प्रतियोगितामा बिजयी केशव शर्मालाई चण्डकी गणका गणपति शसस्त्र प्रहरी उपरीक्षक राजेन्द्र थापाले पुरस्कृत गर्नुभएको थियो ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP